रुकुममा श्रीमानद्धारा कान्छी श्रीमतिको हत्या

२०-असार / रुकुम चौरजहारी नगरपालिका १४ नुवाकोटमा श्रीमानले कान्छी श्रीमतिको हत्या गरेका छन । स्थानीय ४५ बर्षिय श्रीमान डिल्लीबहादुर राणाले कान्छी श्रीमति बर्ष ४१ की ललिता राणालाई घरेलु हतियार प्रयोग गरेका हत्या गरेको जिल्ला प्रहरी कार्यालय रुकुमले जनाएको छ ।

हत्याको कारण नखुलेको भएपनि घरायसी झगडाका कारण हत्या भएको हुनसक्ने जिल्ला प्रहरी कार्यालय रुकुमका प्रहरी निरिक्षक थमन रजाँलीले जानकारी दिए । राणाले १ बर्ष अघि कान्छी श्रीमति ल्याएका थिए भने जेठि श्रीमति पनि घरमा नै बसिरहेकी छिन । हत्यामा संलग्न राणालाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान गरिहेको बताईएको छ ।

Comments

Popular posts from this blog

प्रदेश ७ को मन्त्री परिषदको बैठक, निम्न चारवटा निर्णय स्वीकृत

शुक्लाफाँटा का जन प्रतिनिधि लाइ कुटपिट को आरोप

अछाममा कांग्रेस र माओवादीद्वारा मतदान प्रक्रिया खारेजीको माग