बैतडीमा बस दुर्घटनामा पाँचजना घाइते

काठमाडौँबाट गन्नाका लागि छुटेको यात्रुवाहक बस आज बिहान महाकाली राजमार्र्गअन्तर्गत बैतडीको सतबाँझ गोकुलेश्वर सडकखण्डमा दुर्घटना हुँदा पाँचजना गम्भीर घाइते भएका छन् । घाइते हुनेमा बैतडीको सुर्नया–३ का २४ वर्षीय गाडी चालक रामदत्त भट्ट, डोटी गैराका १८ वर्षीय गाडी स्टाफ लोकेश बोहरा, डडेल्धुरा जोगबुढा–२ का गाडी स्टाफ भरत बिष्ट, बैतडी दोगडाकेदार–७ का हरिसिंह कार्की र सोही ठाउँ बस्ने १७ बर्षीय दीपक लुहार रहेका जिल्ला प्रहरी कार्यालय बैतडी प्रहरी नायब उपरीक्षक हेरम्व शर्माले जानकारी दिनुभयो ।

घाइते पाँचैजनाको पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार हुन नसक्दा थप उपचारका लागि डडेल्धुरा पठाइएको उहाँले बताउनुभयो ।

उग्रतारा यातायातको बा ३ ख ५१७५ नंको बस सुर्नया–३ धरमघर नजिक शुक्रबार बिहान सवा ३ बजे दुर्घटनामा परेको हो । बस सडकबाट करिब २०० मिटर तल खसेको छ । बस दुर्घटनाको कारण खुल्न सकेको छैन । रासस

Comments

Popular posts from this blog

Live WWE RAW 2nd October 2017 Results - Episode 1271

राष्ट्रपतिबाट ज्येष्ठ सदस्यहरु प्रतिनिधिसभाका महन्थ ठाकुर र राष्ट्रियसभाकी तारादेवी भट्टलाई शपथ

जेठी श्रीमतीद्वारा प्रहरीमा वहुविवाहको उजुरी, कान्छी श्रीमती सहित आरोपि फरार