हालसम्मकै ठूलो भ्रष्टाचार मुद्दा दायर

कर फर्छ्यौट आयोगका दुईजना पदाधिकारीसहित आन्तरिक राजश्व विभागका निलम्बित cअख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतवार विशेष अदालतमा मुद्दा दायर गरेको छ।

उनीहरुले बदनियतपूर्वक १० अर्ब रुपैयाँभन्दा बढी रकम अनधिकृत रुपमा कर छुट तथा मिनाहा गरी गैरकानूनी रुपमा सरकारलाई नोक्सानी पूर्याएको अख्तियारको दावी छ।

अख्तियारका अनुसार यो अहिलेसम्मकै सबैभन्दा बढी बिगो दावी गरिएको भ्रष्टाचार मुद्दा हो।

शर्माबाहेक अन्य दुईजना फरार रहेको बताइएको छ।

अभियोगपत्र


फर्छ्यौट आयोग २०७१ का दस्तावेजलाई अध्ययन गर्नुका साथै पक्राउ परेका राजश्व विभागका निलम्बित महानिर्देशक शर्मासँग बयान लिने लामो प्रक्रिया पूरापछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतवार मुद्दा दर्ता गराएको हो।

आयोगले पेश गरेको अभियोगपत्र र दस्तावेज अध्ययनमा समय लागेका कारण शुक्रवार दर्ता हुन सकेको थिएन।

उक्त मुद्दामा कर फर्छ्यौट आयोगका अध्यक्ष लुम्बध्वज महत सदस्यद्वय उमेश ढकाल र आन्तरिक राजश्व विभागका निलम्बित महानिर्देशक समेत रहेका शर्मालाई विपक्षी बनाइएको विशेष अदालतका रजिष्ट्रार भिमकुमार श्रेष्ठले बताए।

उनले भने, "तीनजनाविरुद्ध आरोपपत्र पेश हुन आएको हो। यसमा कुल बिगोको रुपमा १० अर्ब २ करोड १९ लाख १ हजार ८ सय ४२ रुपैयाँ दावी गरिएको छ। मुद्दा चाहिँ आइतवार यस अदालतमा दर्ता भएको छ।"

मुद्दामा दावी गरिएको बिगो रकम अख्तियारद्वारा हालसम्म दायर गरिएका भ्रष्टाचार मुद्दाहरुमध्ये सबैभन्दा धेरै भएको बताइएको छ।

गैरकानूनी


अभियुक्तहरुले असल नियतले आफ्नो कार्य सम्पादन नगरी आफूलाई गैरकानूनी लाभ पुर्याउने र सरकारलाई गैरकानूनी रुपले हानी नोक्सानी पुर्याउने काम गरेको अख्तियारको दावी छ।

अख्तियारका प्रवक्ता जीवराज कोइरालाले भने, "कुनै व्यक्तिलाई भुक्तानी गर्दा कटाइएको वा कटाइएको अग्रीम कर मिनाहा गरेको, अस्वाभिक रुपमा कर मिनाहा गरी प्रशासकीय पुनरावलोकन गरेको, छली भएको कर समेत मिनाहा गरेको, कर निर्धारणमा चित्त बुझाइ बसेका करदाताको कर बक्यौता नै मिनाहा गरेको लगायतका आरोप छन्।"

जेष्ठ १९ गते पक्राउ परेका शर्मा हाल अख्तियारकै हिरासतमा छन।

Comments

Popular posts from this blog

मोइक्रोबस र ट्रक ठोक्किँदा एकको मृत्यु

मनकामना मन्दिरको छानामा १८ किलो सुनको जलप

Protests for provincial capitals continue in various districts