बझाङमा पहिरोले २ घर पुरिए






0


२६ पटक हेरिएको

प्रकाशित: २०७४ आषाढ २३ शुक्रबार, ०८:१० बजे


बझाङमा पहिरोले २ घर पुरिए


Image

बझाङ । ३ दिनदेखि परेको अबिरल वर्षासँगै आएको पहिरोले बझाङको वित्थडचिर गाउँपालिकाका २ घर पुरेको छ ।

बिहीबार घरमाथिबाट पहिरो खस्दा विथ्थडचिर गाउँपालिका–५ का खड्कसिंह महर र हरिललाल महरको पक्की घर पुरेको हो । घरमा पहिरो खसेपछि स्थानीयको भागाभाग भएको थियो । पहिरोले घरमा पूर्ण रुपमा क्षति पुर्‍याएको जनाइएको छ । घर पूर्ण रुपमा क्षति भएपनि एकीन तथ्याङ्क भने आई नसकेको बझाङका अप्रमुख जिल्ला धिकारी केशबबहादुर थापाले बताए ।

उनका अनुसार पहिरोले धनसम्पत्ति, लत्ताकपडा, भाडाकुडा सबै पुरिएको छ । पहिरोमा परिएको सामग्री स्थानीय र प्रहरीको सहयोगमा निकाल्ने प्रयास गरेपनि पूर्ण सम्भव भने भएन । ‘गत वर्ष २ लाख रुपैयाँ खर्च गरेर घर बनाएको थिए,’ पीडित महरले भने, ‘सबै पहिराले पुरेपछि परिवारको विचल्ली भएको छ ।’ उनी जस्तै खड्कसिंह महरको पनि पुर्खाैली घर पहिरोमा पुरेपछि विचल्ली परेको छ ।

पहिरोले घर पुरिएपछि दुबै परिवार स्थानीय विद्यालयको १ कोठामा आश्रय लिएर बसिरहेको प्रहरीले जनाएको छ । जिल्ला प्रकोताए ।

Comments

Popular posts from this blog

Live WWE RAW 2nd October 2017 Results - Episode 1271

राष्ट्रपतिबाट ज्येष्ठ सदस्यहरु प्रतिनिधिसभाका महन्थ ठाकुर र राष्ट्रियसभाकी तारादेवी भट्टलाई शपथ

जेठी श्रीमतीद्वारा प्रहरीमा वहुविवाहको उजुरी, कान्छी श्रीमती सहित आरोपि फरार