बझाङमा ८५ प्रतिशत रोपाइँ सम्पन्न

असार महिना सकिनै लाग्दा बझाङमा ८५ प्रतिशत रोपाइँ सम्पन्न भएको छ ।


गत वर्षभन्दा ढिलो गरी वर्षात् सुरु भएका कारण रोपाइँ सुरु गर्न २ हप्ता ढिलाइ भएपनि बझाङमा ८५ प्रतिशत रोपाइँ सकिएको जिल्ला कृषि विकास कार्यालयका प्राविधिक मदनराज जोशीले बताए । उनका अनुसार बझाङमा आकाशे पानीको भरमा रोपाइँ हुने क्षेत्र जीवली, झुडेडा, देबल बाँझ, पिठातोला, छान्नाका केही स्थानमा रोपाइँ गर्न बाँकी रहेको छ ।

बझाङमा गत वर्षको तुलनामा मकै, घैया (चैते) धान उत्पादनमा बृद्धि भएको छ । आकाशे पानी परिरहेकाले यो वर्ष गत वर्षभन्दा बढी धान उत्पादन हुने जिल्ला कृषि विकास कार्यालय बझाङले अनुमान गरेको छ ।

Comments

Popular posts from this blog

Live WWE RAW 2nd October 2017 Results - Episode 1271

मोइक्रोबस र ट्रक ठोक्किँदा एकको मृत्यु

यूएस बंगला विमानमा सवार थिए ३३ नेपाली, नामावली सहित