विश्वविद्यालयका पदाधिकारीले विद्यार्थीलाई हाने झापड !

महेन्द्रनगर । शैक्षिक शुल्क तथा परीक्षा फारामको विषयमा विवाद हुँदा सुदूरपश्चिमाञ्चल विश्वविद्यालयका पदाधिकारीले विज्ञान तथा प्रविधि संकाय प्रविधि संकायमा अध्ययनरत विद्यार्थीलाई झापड हानेको आरोप लागेको छ ।

विश्वविद्यालयको विज्ञान तथा प्रविधि संकायका सहायक प्रशासक मीनबहादुर ठगुन्नाले विज्ञान तथा प्रविधि संकायकै पाँचौं सेमेस्टरमा अध्ययनरत विद्यार्थी गंगादत्त भट्टलाई झापड हानेको विद्यार्थीले जनाएका छन् । विद्यार्थी भट्टले विश्वविद्यालयले शैक्षिक शुल्क स्पष्ट नतोकेको र परीक्षा फारामको विषयमा सहायक प्रशासकलाई बुझ्दा प्रशासकले उल्टै आफूमाथि हातपात गरेको आरोप लगाएका छन् । तर, सहायक प्रशासक ठगुन्नाले भने विद्यार्थीले लगाएको आरोप गलत भएको दावी गरेका छन् ।

‘कार्यकक्षमा विद्यार्थीको हुल बढी हुँदा विद्यार्थीलाईं बाहिर जान आग्रह गरेको हुँ,’ उनले भने, ‘शैक्षिक शुल्क नतिरेसम्म परीक्षा फाराम नबुझ्ने बताउँदा विद्यार्थीले शुल्क नबुझाइकन फाराम बुझ्न दबाब दिएका थिए ।’ तर, विश्वविद्यालयले शैक्षिक शुल्क स्पष्ट नतोकेकाले सेमेस्टरमा कति शुल्क तिर्ने भन्ने अन्यौल रहेको विद्यार्थीले बताएका छन् । विज्ञान तथा प्रविधि संकायको पाँचौ सेमेस्टरका विद्यार्थी चेतन बोहराले विश्वविद्यालयले स्पष्ट शुल्क निर्धारण नगर्दा पटक–पटक विवाद हुने गरेको बताए ।

शैक्षिक शुल्क नै स्पष्ट नभएपछि के कति शुल्क बुझाउने भनी बुझ्न खोज्दा विद्यार्थी भट्टमाथि हातपात भएको बताउँदै विश्वविद्यालय पदाधिकारीको चरम लापरवाही रहेको बोहराले बताए । शैक्षिक शुल्कका विषयमा सहायक प्रशासक ठगुन्नाले प्रतिसेमेस्टर साढे ६ हजार रुपैयाँ निर्धारण गरिएको बताए । विद्यार्थीले मौखिक रुपमा निर्धारण गरिएको शुल्क मान्य नहुने बताउँदै आएका छन् ।

विद्यार्थीले परीक्षा फाराम सम्बन्धीको सूचना समेत प्रशासनले जारी नगरेको बताएका छन् । तर, सहायक प्रशासक ठगुन्नाले सूचना जारी गरिएको दावी गरे । परीक्षा फारामको सूचना सबैले देख्ने स्थानमा नभई सहायक प्रशासकको कार्यकक्षमा रहेको छ । ठगुन्नाले बाहिर टाँसिएको सूचना विद्यार्थीले च्याएको दावी गरेका छन् ।

Comments

Popular posts from this blog

Live WWE RAW 2nd October 2017 Results - Episode 1271

राष्ट्रपतिबाट ज्येष्ठ सदस्यहरु प्रतिनिधिसभाका महन्थ ठाकुर र राष्ट्रियसभाकी तारादेवी भट्टलाई शपथ

जेठी श्रीमतीद्वारा प्रहरीमा वहुविवाहको उजुरी, कान्छी श्रीमती सहित आरोपि फरार