फेसबुकको नयाँ भिडिओ सेवा

प्रयोगकर्ताहरुले चाँडै फेसबुकको नयाँ कार्यक्रम हेर्न फेसबुकमा वाच ट्याब देख्नेछन् जसमा विभिन्न किसिमका भिडिओ कार्यक्रमहरु राखिनेछन्।


ती मध्ये केही सामाजिक सञ्जाल फेसबुकले नै लगानी गरेका हुनेछन्।

वाच व्यक्तिगत बनाइनेछ ता कि प्रयोग कर्ताहरुले उनका साथीहरुले के हेरिरहेका छन् भन्ने आधारमा नयाँ कार्यक्रमहरुबारे थाहा पाउनेछन्।

दर्शकहरुले प्रतिक्रियाहरु पनि हेर्न पाउनेछन् र साथीभाइ र समर्पित समूहसँग मिलेर कार्यक्रम केन्द्रित दर्शकको समूह बनाउन सक्नेछन।

भीडभाडयुक्त बजार


आफ्नो फेसबुक पोष्टमा कम्पनीका संस्थापक मार्क जकरबर्गले भने, "कुनै कार्यक्रम निस्क्रिय रुपमा मात्रै हेरिनुपर्छ भन्ने छैन।"

"एउटै विषयमा रुचि भएका मानिसहरुलाई एक ठाउँ ल्याउन सकिन्छ र त्यो अनुभव साट्ने मौका पनि बन्न सक्छ।"

फेसबुकमा भिडिओ केही समयदेखि उपलब्ध छ तर त्यो अहिलेसम्म सिकारुहरुले खिचेका अंशहरु वा समाचार संस्थाले राख्ने स-साना अंशमा सीमित छ।

विश्वको सबभन्दा ठूलो सामाजिक सञ्जालले फेसबुकले गत वर्ष भिडिओ ट्याब थपेको थियो। र केही यता उसले आफ्नै विषयबस्तु बनाउनेतर्फ काम गरिरहेको संकेत गर्दै आएको थियो।

वाच फेसबुक र कार्यक्रम निर्माताहरुका लागि थप अर्थोपार्जनको बाटो बन्नेछ।

फेसबुक क्रमश जटिल र भीडभाडयुक्त बजारमा प्रवेश गर्दैछ।

उसले परम्परागत टेलिभिजन सञ्जाल र युट्युब नेटफिक्स जस्ता अरु अनलाइन सेवासँग प्रतिस्पर्धा गर्नुपर्नेछ।

Comments

Popular posts from this blog

मोइक्रोबस र ट्रक ठोक्किँदा एकको मृत्यु

Live WWE RAW 2nd October 2017 Results - Episode 1271

धनगढी उपमहानगरको बजेट एक अर्ब १४ करोड