नदीमा बगाएर बालकको अन्तिम संस्कार

सप्तरीको कुलारी गाउँका देवकुमार सदाले आफ्ना आठ वर्षीय भतिज कमल सदालाई कोशी नदीमा बगाएर अन्तिम संस्कार गरेका छन्।


अविरल वर्षाले निम्त्याएको बाढीका कारण बिरामी परेर कमलले ज्यान गुमाएका थिए।

आइतवार कोशी नदीमा गरिएको कमलको अन्तिम संस्कारको मार्मिक तस्वीरहरु युरोपियन फोटो एजेन्सी (इपीए) ले प्रकाशन गरेको छ।

साधारणतया उक्त समुदायमा बच्चाको अन्तिम संस्कार गाडेर गर्ने गरिएपनि बाढीका कारण सबैतिर जलमग्न भएपछि कमलको परिवारले उनको शवलाई नदीमा बगाउने निर्णय लिएको थियो।

 

src BBC

Comments

Popular posts from this blog

मोइक्रोबस र ट्रक ठोक्किँदा एकको मृत्यु

Live WWE RAW 2nd October 2017 Results - Episode 1271

धनगढी उपमहानगरको बजेट एक अर्ब १४ करोड