ऐठपुर नहर छेउमा, सशस्त्र प्रहरी जवानको शव

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका ६ ऐठपुरमा विहिबार बिहान एक जना सशस्त्र प्रहरी जवानको शव फेला परेको छ ।

सशस्त्र प्रहरी बल नेपाल राजस्व तथा भन्सार सुरक्षा गुल्म गड्डाचौकीमा कार्यरत सशस्त्र प्रहरी जवान अन्दाजी २७ वर्षिय नरेन्द्र कुँवर मृत अवस्थामा भेटिनुभएको वडा प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी नीरिक्षक टक्कर स्वारले बताए ।

भीमदत्त नगरपालिका ३ तिलकपुर स्थायी घर भएका कुँवरको शव ऐठपुर स्थित नहर छेउमा टाँउको थिचिएको अवस्थामा शव भेटिएको उनले बताए । ‘ कुवँरको टाँउको थिचिएको छ,घटना स्थलको मुचल्का तयार पार्ने भैईरहेको छ । घटनाको सवै विवरण आएको छैन्, अहिले नै हत्या भएको भन्न मिल्दैन’उनले भने ।

घटना रातिको १२ देखी १ बजेको बिचमा भएको हुनसक्ने प्रहरी नीरिक्षक स्वारले बताए ।

Comments

Popular posts from this blog

मोइक्रोबस र ट्रक ठोक्किँदा एकको मृत्यु

मनकामना मन्दिरको छानामा १८ किलो सुनको जलप

Protests for provincial capitals continue in various districts