उद्‌घाटन नहुँदै बाढीले पुल भाँचियो

बर्दिया: बर्दिया सदरमुकाम उत्तर जयनगर बजार हुँदै पूर्वपश्चिम राजमार्ग जोड्ने बगही घाटको पुल उद्‌घाटन नहुँदै बाढीले भाँचिएको छ। बबई नदीमा आएको वाढीले सोमबार नवर्निमित पक्‍की पुल भाँचिएको हो।

पुल भाँचिएपछि बाह्रबर्दिया नगरपालिका र सदरमुकाम चल्ने सवारी साधनहरु अवरुद्ध भै हजारौं स्थानियहरु प्रभावित बनेका छन्। सवा ४ सय मिटर लामो पक्कीपुल पप्पु कन्ट्रक्सनले निर्माण गरेको थियो। स्थानियका अनुसार पुल कमजोर बनेको हुनाले नै टुटेको आरोप छ।

अघिल्लो पटकको वाढीमा पुलको पिलर नदीमा धाँसिएको थियो। पिलर पुर्ननिर्माण नगरी त्यसैमाथी पुल ढलान गरेपछि सोही स्थानमा थप पिलर धाँसिदा पुल भाँचिएको हो। करिव १७ करोड रुपैयाको लागतमा निर्माण सम्पन्न सोपुल ५ वर्ष अघि निर्माण शुरु गरिएको थियो।

तत्कालिन प्रमुख जिल्ला अधिकारी विनोद बहादुर कुँवरको पालामा पुल कमजोर निर्माण भैरहेको भन्ने स्थानियको विरोध आएपछि निर्माण सुधार्न जिल्ला प्रशासन कार्यालय बर्दियाले सम्वन्धित मन्त्रालयमा पत्राचार गर्दा गर्दै पनि पुल निर्माण सम्पन्न भएपछि समस्या आएको हो।

बाढीमा पुल भत्किएपछि स्थानियले आपत्ती जनाएका छन्। ठेकेदार कम्पनीको लापरवाहीले पुल भाँचिएको भन्दै सम्वन्धि निर्माण कम्पनीलाई कारवाही गर्न स्थानियको माग छ।

Comments

Popular posts from this blog

मोइक्रोबस र ट्रक ठोक्किँदा एकको मृत्यु

मनकामना मन्दिरको छानामा १८ किलो सुनको जलप

Protests for provincial capitals continue in various districts