कैलालीमा बस दुर्घटना, २ को मृत्यु, २० घाइते

भाद्र १४, २०७४- धनगढीबाट डोटीको बागछेडा जाँदै गरेको बस भीमदत्त राजमार्गको कैलाली सहजपुर गाउँपालिकामा दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा डोटीका ६० वर्षीय नरबहादुर देउवा र कैलालीका ४८ वर्षीय दुर्गादेवी मल्ल छन् ।

ना ४ ख ५६३५ नम्बरको बस दुर्घटनामा पर्दा २० जना घाइते भएका छन् । घाइते मध्ये एकको अवस्था गम्भीर छ । उनको सीमा पारी भारतीय अस्पतलामा उपचार भइरहेको छ । अन्य हरुको घाइतेहरुको अत्तरिया र धनगढीका अस्पतालमा उपचार भइरहेको छ ।

 

 

 

Comments

Popular posts from this blog

Live WWE RAW 2nd October 2017 Results - Episode 1271

मोइक्रोबस र ट्रक ठोक्किँदा एकको मृत्यु

यूएस बंगला विमानमा सवार थिए ३३ नेपाली, नामावली सहित