१५३.१ किलो तौलको समोसा

ब्रिटेनको राजधानी लण्डनमा बनाइएको एउटा समोसाले नयाँ कीर्तिमान कायम गरेको छ।


१५३.१ किलो तौलसहितको समोसा हालसम्मकै सबैभन्दा बढी वजन भएको समोसाको रुपमा गिनिज बुकमा नाम दर्ता गराउन सफल भएको हो।

यसअघि उक्त कीर्तिमान ११०.८ किलो तौल भएको समोसाको नाममा थियो।

उत्तरी ब्रिटेनस्थित ब्रेडफोर्ड कलेजमा उक्त समोसा बनाइएको थियो।

कसले बनायो समोसा?


कार्यक्रमका आयोजक फरिद इस्लामले भने, "पहिले त हामीलाई निकै सजिलो लागेको थियो तर पछि थाहा भयो कि यो देशमा यति ठूलो भाँडा नै छैन जसमा यत्रो समोसा बनाउन सकियोस्। अनि हामीले एउटा छुट्टै भाँडा बनाउन लगायौँ।"

उक्त समोसा बनाउन १५ घण्टा लागेको थियो।

'गिनिज बुक अफ रेकर्ड्स'का एकजना अधिकारी प्रवीण पटेलले समाचार संस्था एएफपीसँग कुरा गर्दै भने, "विश्व कीर्तिमान बनाउनका निम्ति समोसा जस्तै स्वरुप हुनुपर्छ, मैदाभित्र प्याज र केराउ मिसिएको हुनुपर्छ। तेलमा पकाएपछि त्यसको आकारमा परिवर्तन हुनुहुँदैन। र, मान्छेले खान मिल्ने जस्तो समोसा देखिनुपर्छ। मानिसहरुले पूरै समोसा खान पनि सक्नुपर्छ।"

लण्डनमा समोसा तयार भएर त्यसलाई जोखेपछि पटेलले त्यो आफैंमा एउटा ठूलो उपलब्धि भएको प्रतिक्रिया दिए।

कीर्तिमान कायम भएको घोषणा गरिएपछि उक्त समोसा स्थानीय मानिसहरुलाई बाँडिएको थियो।

Comments

Popular posts from this blog

Live WWE RAW 2nd October 2017 Results - Episode 1271

राष्ट्रपतिबाट ज्येष्ठ सदस्यहरु प्रतिनिधिसभाका महन्थ ठाकुर र राष्ट्रियसभाकी तारादेवी भट्टलाई शपथ

जेठी श्रीमतीद्वारा प्रहरीमा वहुविवाहको उजुरी, कान्छी श्रीमती सहित आरोपि फरार