डोटीमा जीप दुर्घटना हँदा ९ को मृत्यु, ७ घाइते

डोटी । डोटीको बोगटान गाउँपालिका ६ गगुडाधारमा शुक्रबार राति  जिप दुर्घटना हुँदा ९ जनाको मृत्यु भएको छ ।

दिपायलबाट बोगटान तर्फ गाईरहेको शैलेश्वरी यातायातको से १ ज ४९१ नम्बरको जीप बोगटान गाउँपालिका  ६ गगुडाको धारमा चिप्लीएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायव उपरिक्षक शिव बहादुर सिंहले बताए । जीप दुर्घटना हुँदा ९ जनाको मृत्यु, ४ जना गम्भीर र  ३ जना समान्य घाइते  भएका छन् ।

प्रहरी नायव उपरिक्षक सिंहका अनुसरा मृत्यु हुनेमा बोगटान गाउँपालिका  १ बस्ने ३५ वर्षिय विष्णु बहादुर मगर, ५० वर्षिय बुढो घर्तिमगर, ४५ वर्षिय गोरख थापा, ४५ वर्षकी ललिता पुन मगर, ४८ वर्षिय ससिराम बहादुर पुनमगर, ४० वर्षिय टेक बहादुर पुन मगर, ३० वर्षिय चन्द्र बहादुर घर्तिमगर, ५५ वर्षिय भीम घर्तिमगर र जीप चालक शिखर नगपालिका १ बस्ने २८ वर्षिय विष्णु नेगी रहेका छन् ।

यस्तै गम्भीर घाइते हुनेमा दल बहादुर पुन मगर , हर्क बहादुर घर्तिमगर, बिर बहादुर घर्तिमगर, प्रकाश घर्तिमगर रहेका छन् । घाइतेहरुलाई  सुजन हस्पिटल दिपायलमा लग्ने कार्य भइरहेको उनले बताए । जीप सडकबाट ५ सय मिटर तल खसेको छ ।

src manaskhanda

Comments

Popular posts from this blog

Live WWE RAW 2nd October 2017 Results - Episode 1271

राष्ट्रपतिबाट ज्येष्ठ सदस्यहरु प्रतिनिधिसभाका महन्थ ठाकुर र राष्ट्रियसभाकी तारादेवी भट्टलाई शपथ

जेठी श्रीमतीद्वारा प्रहरीमा वहुविवाहको उजुरी, कान्छी श्रीमती सहित आरोपि फरार