भरतपुर मेयरमा रेणु दाहाल बिजयी

चितवन । भरतपुर महानगरपालिकाको मतगणना सकिएको छ । प्राप्त अन्तिम नतिजा अनुसार नेकपा माओवादी केन्द्र र नेपाली काँग्रेसको तर्फबाट संयुक्त उमेद्बार रेणु दाहाल बिजयी भएकी छिन् ।

यस्तै उपमेयरमा पनि कांग्रेस माओवादी गठबन्धनबाट कांग्रेसकी पार्वती शाह निर्वाचित भएकी छन् । निर्वाचन आयोगले यसको औपचारिक घोषणा गर्न भने बाँकी छ । उनले एमाले उमेद्बार देवी ज्ञवालीलाई २३५ मतान्तरले पराजित गरेकी हुन् ।

वैशाख ३१ गतेको पहिलो चरणको स्थानीय निर्वाचनमा मतगणना चलिरहँदा आफ्नो हार सुनिश्चित देखेपछि माओवादी कार्यकर्ताले मतपत्र च्यातेका थिए। मतपत्र च्यातिएपछिको राजनीतिक विवाद निर्वाचन आयोग हुँदै सर्वोच्च अदालतसम्म पुग्यो। अदालतले भरतपुरको वडा नम्बर १९ मा पुनः मतदानको निर्णय गरेको थियो।

Comments

Popular posts from this blog

Live WWE RAW 2nd October 2017 Results - Episode 1271

राष्ट्रपतिबाट ज्येष्ठ सदस्यहरु प्रतिनिधिसभाका महन्थ ठाकुर र राष्ट्रियसभाकी तारादेवी भट्टलाई शपथ

जेठी श्रीमतीद्वारा प्रहरीमा वहुविवाहको उजुरी, कान्छी श्रीमती सहित आरोपि फरार