नेपाल आइडलमा भोटिङ गर्दा पैसा नलाग्ने

काठमाडौं : यस हप्ता नेपाल आइडलका लागि भोटिङ गर्दा पैसा नलाग्ने भएको छ । नेपाल आइडलले आफ्नो फेसबुक पेजमा सूचना जारी गरी यस्तो जानकारी दिएको हो । नेपाल आइडलका लागि अन्तिम तीन प्रतिस्पर्धीको छनौट गर्नका लागि एसएमएस भोटिङ गर्ने समय एक साता बढाएपछि नेपाल आइडल आयोजकको सामाजिक सञ्जालमा आलोचना भएको थियो ।



गतहप्ता कोही पनि नबाहिरिने निर्णय आकस्मिक रुपमा गरिएको नभइ  उक्त  ‘नोएलिमेसन एपिसोड’कार्यक्रमको पूर्व निर्धारित तालिका अनुसार नै  गरिएको नेपाल आइडल आयोजकले जनाएको छ ।

यस्तो छ नेपाल आइडल आयोजकले जारी गरेको सूचना

सूचना

गत हप्ताको नो एलिमिनेसन एपिसोड फरमेट बमोजिमनै भए पनि एसएमएस भोटिंगमा यहाँहरुले खर्च गर्नु भएको पैसा र सम्बन्धित प्रतिस्पर्धीहरुले पाएको गत हप्ताको भोट यस हप्ता प्राप्त भोटसँगै गणना हुने विदितै छ । यसबारेमा सामाजिक संजालहरुमा देखिएको जिज्ञासाका बारेमा फ्रिमेन्टल मिडियालाई अवगत गराएपछि उठेका गुनासा सम्बोधन गर्न विशेष व्यवस्था गदै चलिआएको SMS व्यवस्थाका साथै नेपाल आईडलको एपमार्फत नेपालभित्रै बाट निशुल्क भोटिंगको व्यवस्थासमेत गरेको छ ।

यसका लागि भोट गर्नुपूर्व ईच्छुक दर्शक महानुभावहरुले नेपाल आईडलको एप डाउनलोड गर्न सक्नु हुनेछ र आफ्ना मनपर्ने प्रतियोगीलाई एक लोगिन आइडिबाट ५ भोट निशुल्क गर्न सक्नु हुनेछ । केही गुनासा भए सभ्य भाषामा व्यक्त गरौ तर नेपाली च्यानल र नेपालमा बनेका स्तरीय शो बन्द गराएर विदेशी परनिर्भता लागि समाज बिगार्ने दलालबाट जोगियौ.

Comments

Popular posts from this blog

Live WWE RAW 2nd October 2017 Results - Episode 1271

राष्ट्रपतिबाट ज्येष्ठ सदस्यहरु प्रतिनिधिसभाका महन्थ ठाकुर र राष्ट्रियसभाकी तारादेवी भट्टलाई शपथ

जेठी श्रीमतीद्वारा प्रहरीमा वहुविवाहको उजुरी, कान्छी श्रीमती सहित आरोपि फरार