नेपाल तरुण दल भारतको तिहार शुभकामना आदान प्रदान तथा शाखा गठन कार्यक्रम





नया दिल्ली, १५ अक्टुबर (२९ अशोज २०७४) - Nagendra Prasad Joshi







नेपाल तरुण दल भारतको आयोजनामा नयाँ दिल्लीको होटल स्विस्टनको हलमा "तिहार शुभकामना आदान प्रदान, चियापान तथा शाखा गठन कार्यक्रम" तरुण दल भारत का सह-महासचिव नागेन्द्र प्रसाद जोशीको अध्यक्षता र तरुण दल भारत का अध्यक्ष राहुल रेग्मीको प्रमुख आतिथ्यमा भव्यताका साथ समपन्न भयो ।

करन बुढाले संचालन गरेको सो कार्यक्रममा स्वागत मन्तव्य लक्ष्मण पाण्डेयले राख्नु भएको थियो ।

ने.ज.स उत्तर भारत क्षेत्रका अध्यक्ष कृष्ण पाण्डे, उपाध्यक्ष अर्जुन धरेल, महासचिव रुद्र मल्ल, झिलमिल शाखा का अध्यक्ष रतन शाही, ॐ हिन्दु जनजागरण संघ का अध्यक्ष रमानन्द जोशी शास्त्री, ने.वि संघ भारत का सह-महामन्त्री दिवाकर पाण्डे, कोषाध्यक्ष आशिष न्यौपाने, सिए ने.वि संघ भारतका कोषाध्यक्ष राहुल यादव लगायत तरुणहरुको उत्साहजनक उपस्थिति रहेको थियो ।

नवगठित दिल्ली शाखाका पदाधिकारीहरुको घोषणा गर्दै प्रमुख अतिथी रेग्मीले आउदै गरेको दिपावली र छ्टको शुभकामना दिदै मंसिर १० र २१ गते हुन गईरहेको प्रदेश र प्रतिनिधि सभाको चुनावमा तरुण दल भारत लगायत भारत स्थित नेपाली कांग्रेस प्रति आस्थावान सबै संघ-संघठन का प्रतिनिधिहरु र आम प्रवासी नेपालीहरुमा नेपाली कांग्रेसलाई जिताएर लोकतन्त्रालाई झन बलियो बनाउन महत्त्वपूर्ण भुमिका रहने विश्वास राख्दै सबैलाई चुनावमा भाग लिन अनुरोध गर्नु भयो ।

नेपाल तरुण दल Delhi Division

दिल्ली शाखाका नव गठित पदाधिकारीहरुमा अध्यक्ष - लक्ष्मण पाण्डे, उपाध्यक्ष - अर्जुन बोगटी, सचिव - रबि जोशी, सह-सचिव - करन बुढा, कोषाध्यक्ष - भरत भट्ट, सदस्यहरुमा - रेहान खान, पवन पाण्डे, शिवाकान्त झा, राहुल अधिकारी र सल्लाहकारमा नागेन्द्र प्रसाद जोशी, रमानन्द जोशी शास्त्री रहेका छन् ।

अन्तमा कार्यक्रमको समापन गर्दै कार्यक्रमका अध्यक्ष जोशिले दिपावलिको शुभकामना दिदै भारत स्थित ने.का प्रती आस्थावान सबै संघ-संगठनले मिलेर काम गर्नु पर्नेमा जोड दिदै आगामी प्रदेश र केन्द्रका चुनावका लागी तरुण दल भारतले चुनाव प्रचार प्रसार कार्यदल गठन गर्ने जानकारी गराउनु भएको थियो ।





Comments

Popular posts from this blog

प्रदेश ७ को मन्त्री परिषदको बैठक, निम्न चारवटा निर्णय स्वीकृत

शुक्लाफाँटा का जन प्रतिनिधि लाइ कुटपिट को आरोप

अछाममा कांग्रेस र माओवादीद्वारा मतदान प्रक्रिया खारेजीको माग