अल्पसंख्यक हिन्दुका घर र मन्दिरमा लुटपाट

हजारौं मुसलमानहरुले अल्पसंख्यक हिन्दुहरुको मन्दिर र घरहरुमा लुटपाट मच्चाएपछि उत्तरी बांग्लादेशको एक गाउँमा तनाव उत्पन्न भएको छ।


भीडले शुक्रबार मन्दिरहरुमा तोडफोड गर्नुका साथै घरहरुमा आगो लगाइदिएको थियो।

उक्त घटनापछि ठाकुरपारा गाउँका मानिसहरु अहिले पनि घर फर्किन डराइरहेको उक्त समुदायका अगुवाहरुले बताएका छन्।

प्रहरीले गोली चलाउँदा भिडका एकजना मानिस मारिएका छन्।



एकजना हिन्दु युवकमाथि इस्लामको अपमान गरिएको एउटा फेसबुक सन्देश राखेको अभियोग लागेपछि हिंसा शुरु भएको थियो।

ती युवकको परिवारले भने उनले कम्प्युटर चलाउनै नजान्ने भन्दै आरोप अस्वीकार गरेको छ।

धर्मको अपमान गरेको नक्कली फेसबुक सन्देशको बहानामा आफूहरुमाथि सुनियोजित रुपमा आक्रमण गरिएको हिन्दु समुदायका अगुवाहरुको भनाइ छ।

प्रहरीले फेसबुक अकाउण्ट खोल्न प्रयोग गरिएको फोटो र मोबाइल नम्बर हिन्दु युवक तिटु चन्द्राको भएको बताएको छ।

Comments

Popular posts from this blog

Live WWE RAW 2nd October 2017 Results - Episode 1271

राष्ट्रपतिबाट ज्येष्ठ सदस्यहरु प्रतिनिधिसभाका महन्थ ठाकुर र राष्ट्रियसभाकी तारादेवी भट्टलाई शपथ

जेठी श्रीमतीद्वारा प्रहरीमा वहुविवाहको उजुरी, कान्छी श्रीमती सहित आरोपि फरार