चुनाबी सभा मा प्रहरी ले गोलि चलायो- चुनाब रोक्ने षड्यन्त्र-बाम गठबन्धन

रौतहट – रौतहटको गरुडा नगरपालिका मोहमदपुर गाउँमा साँझ गोली चलेको छ । मधेसबादी दलका नेता कार्यकर्ताले प्रोजेक्टरमा स्थानिय बासिन्दालाई मेधस आन्दोलनको भिडियो देखाइरहेकै बेला प्रहरीले नियन्त्रयणमा लिन खोज्दा झडप भएको हो  ।

प्रहरी र स्थानिय बीच झडप हुँदा दर्जन बढि स्थानिय व्यक्ति तथा केही प्रहरी घाईते भएको बताइएको छ । उक्त क्षेत्र अहिले तनाव ग्रस्त बनेको बताइएको छ ।  घटनाको विस्तृत विवरण भने आउन बाँकी नै छ ।

यसै बीच रौतहट ३ का बाम गठबन्धनका उमेद्वार प्रभु साहले भने, सरकारको कमजोरी  हो ।’ चुनाव सार्ने षड्यन्त्रपूर्वक आयोजकलाई नसमाई अन्धाधुन्ध गोली चलाउनु सरकारको खोट देखिएको उनले बताए ।

Comments

Popular posts from this blog

Live WWE RAW 2nd October 2017 Results - Episode 1271

राष्ट्रपतिबाट ज्येष्ठ सदस्यहरु प्रतिनिधिसभाका महन्थ ठाकुर र राष्ट्रियसभाकी तारादेवी भट्टलाई शपथ

जेठी श्रीमतीद्वारा प्रहरीमा वहुविवाहको उजुरी, कान्छी श्रीमती सहित आरोपि फरार