चुनावको मुखमा कांग्रेस सभापति शेरबहादुर एमालेमा प्रवेश

नेपाली कांग्रेसका पूर्व जिल्ला सभापति नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । चुनावको मुखैमा प्रधानमन्त्री एवं नेपाली कांग्रेसका पार्टी सभापति शेरबहादुर देउवाको गृह जिल्ला डडेल्धुरामा पूर्व सभापति शेर बहादुर ढांटले नेकपा एमालेमा प्रबेश गरेका हुन् ।

२०४६ सालबाट नै नेपाली काग्रँसको राजनीतिक जीवन शुरुवात गरेका ढाँटलाई नेकपा एमालेका केन्द्रिय उपाध्यक्ष एवं प्रदेश नम्बर ७ का ईन्चार्ज भिम रावलले पार्टीमा स्वागत गरेका हुन ।

२०४६ सालको आन्दोलन देखि तत्कालिन जिल्ला विकास समितिको सदस्य समेत भइसकेका ढाटले नेकपा एमालेले मात्रै देशलाई निकास र विकास दिने सक्ने भएकोले काग्रेससंगको ३० वर्षिय राजनितिक यात्रालाई पूर्णविराम लगाएर एमालेमा आएको बताए । पूर्व पार्टी सभापतिसंगै एक दर्जन बढी युवाहरुले एमालेमा प्रवेश गरेका छन् ।

Comments

Popular posts from this blog

मोइक्रोबस र ट्रक ठोक्किँदा एकको मृत्यु

प्रदेश ४ मा वडा कार्यालय भवनको अभाव, छाप र लेटर प्याड झोलामै बोकेर सेवा प्रवाह !

अविरल वर्षाले घर भत्किँदा पाँच घाइते