सुदुर पश्चिम मा विवेकशील साझाको छुट्टै शैली

काठमाण्डौंमा विवेकशील साझा पार्टीका अध्यक्ष रविन्द्र मीश्रको प्रचार प्रसारको शैलीले चर्चा पाईरहेका बेला देशभरीबाट चुनाव लडेका विवेकशील साझा पार्टीका उमेदवारहरुको प्रचारप्रसार शैली अरु दलभन्दा फरक देखिएको छ । बाम गठबन्धन र लोतान्त्रीक गठबन्धनका उमेदवारहरुको घाँटीभरी माला हुने गरेकोमा विवेशील साझा पार्टीका उमेदवार बीना माला, बुकी र खाँदा प्रचार प्रसार गरिरहेका हुन ।

खाँदा, माला, बुकी बोकेर आउने मतदाताबाट मागेर हामी त्यही कार्यक्रममा सहभागि महिला, जेष्ठ नागरिकलाई लगाई दिन्छौं ।’ ठुला दलहरुले प्रचार प्रसारका लागि तामझामका साथ बाजागाजा बजाएर उमेदवारलाई कार्यक्रम स्थल पुगाउने र अनी सोफामा बसाउने गरेकोमा विवेकशील साझा पार्टीले त्यो परम्परा पनि तोडेको छ । अधिकांसको शीरमा धाका टोपी हुन्छ भने आफ्नो पार्टीको चुनाव चिन्ह तराजु भन्दा बढी राष्ट्रिय झण्डा समातेका युवहरु प्रचार प्रसारमा देखिन्छन । ‘हामी पार्टी बनाउन होईन की देश बनाउन निस्केका हौं, त्यसैले पनि तराजु भन्दा बढी हामीसँग राष्ट्रिय झण्डा बोकेका युवाहरु हुन्छन’ साझा विवेकशील पार्टीका प्रदेश नम्बर ७ का संयोजक गोपाल हमालले भने ।

सुदुर पश्चिम मा विवकशील साझाको छुट्टै शैली

‘हामीले, जनताको मत पाएपछि केही काम ग¥यौं भने अनी मात्र माला लगाउने अधिकार प्राप्त हुन्छ’ विवेशसील साझा पार्टीका कैलाली निर्वाचन क्षेत्र नम्बर ५ बाट प्रतिनिधि सभाका उमेदवार दिनेशराज भण्डारीले भने ।

Comments

Popular posts from this blog

मोइक्रोबस र ट्रक ठोक्किँदा एकको मृत्यु

Live WWE RAW 2nd October 2017 Results - Episode 1271

धनगढी उपमहानगरको बजेट एक अर्ब १४ करोड