गगन थापा माथि बम प्रहार

मंसिर १८ - झलारीखबर,

काठमाडौंमा  पूर्वस्वास्थ्यमन्त्री गगन थापा लाई लक्षित गरेर बम विस्फोट गरिएको  छ । विस्फोटमा काठमाडौं ४ का उम्मेदवार गगन थापासहित ११ जना घाइते भएका छन् । उनीहरु मध्ये चारको अवस्था गम्भीर छ ।सबैको शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।

घरदैलो अभियानका क्रममा सडकमा हिडिँरहँदा विस्फोट भएको थापाले बताएका छन् ।गगन थापाले भने, “घरदैलो निर्धारित समयभन्दा ढिला सुरु भएकाले जुलुसलाई अगाडि तान्नु पर्‍यो भनेर म र एक जना साथी अगाडि बढेका थियौं, त्यसैले म बचेँ “। विस्फोट आफूलाई लक्षित गरेर नै भएको हुनसक्ने उनले बताए ।

Comments

Popular posts from this blog

Live WWE RAW 2nd October 2017 Results - Episode 1271

मोइक्रोबस र ट्रक ठोक्किँदा एकको मृत्यु

यूएस बंगला विमानमा सवार थिए ३३ नेपाली, नामावली सहित