ताप्लेजुंगमा तीन घरमा आगलागी, ३५ लाखको क्षति

ताप्लेजुङ, मंसिर २०, रासस

ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकामा आगलागी हुँदा तीन घर जलेर नष्ट भएका छन् ।विद्युत् प्रवाह भई मंगलबार आगलागी हुँदा वडा नम्बर ३ हाम्पाङका देउमान यक्सो, विकल्प यक्सो र छत्रबहादुर यक्सोको घर जलेर पूर्णरुपमा नष्ट भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।



दिउँसो साढे ३ बजे देउमानको घरमा विद्युत् प्रवाह भई आगलागी सुरु भएको र नजिकै रहेका अन्य घरमा समेत आगलागी भएको ताप्लेजुङ प्रहरी प्रमुख तथा प्रहरी नायब उपरीक्षक ज्ञानेन्द्रबहादुर बस्नेतले बताउनुभयो ।

आगलागीले घरसहित घरभित्र रहेका लत्ताकपडा, अन्नपात, गरगहना लगायतका सामान जलेर नष्ट भएको छ । तीनवटै घर र घरभित्र रहेका सामान जल्दा ३५ लाख रुपैयाँ भन्दा बढीको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ ।

आगलागीको समयमा घरका परिवार घर बाहिर काममा रहेकाले समयमा आगलागीको जानकारी नहुँदा समयमै नियन्त्रण हुन नसकेको स्थानीय बासिन्दाले बताएका छन् । आगलागीका कारण घर गुमाएका तीनवटै परिवार अहिले आफन्तको शरण लिएर बसेको बताइएको छ ।

विस्थापित परिवारलाई बुधबार नेपाल रेडक्रस सोसाइटी हाम्पाङ उपशाखाले राहतस्वरुप दाल, चामल, पाल लगायतका सामग्री वितरण गर्ने तयारी गरेको छ ।

Comments

Popular posts from this blog

Live WWE RAW 2nd October 2017 Results - Episode 1271

राष्ट्रपतिबाट ज्येष्ठ सदस्यहरु प्रतिनिधिसभाका महन्थ ठाकुर र राष्ट्रियसभाकी तारादेवी भट्टलाई शपथ

जेठी श्रीमतीद्वारा प्रहरीमा वहुविवाहको उजुरी, कान्छी श्रीमती सहित आरोपि फरार