डा गोविन्द केसी – सर्वोच्चको आदेश सकारात्मक छ, टिचिङमा अनसन जारी राख्ने

प्रधानन्यायाधीश गोपाल पराजुलीको बर्खास्तगी माग्दै अनसनरत डाक्टर गोविन्द केसीले अदालतको आदेशलाई सकारात्मक रुपमा लिएको बताएका छन्।

अवहेलना मुद्दामा पक्राउ परेका केसी अदालतको आदेशपछि आज रिहा भएका छन्।

रिहा भएपछि आयोजित पत्रकार सम्मेलनमा उनले भने, ‘अदालतको आदेशलाई सकारात्मक रुपमा लिएको छु, बाँकी कुरा भोलि भन्छु।’

उनका सहयोगी अभिषेक शाहका अनुसार अब केसी शिक्षण अस्पतालमै अनसन बस्ने भएका छन्।

[caption id="attachment_1259" align="aligncenter" width="696"]Dr. Govinda KC Dr. Govinda KC leaves the Supreme Cuort premises after being released on bail. Post/Photo: The Kathmandu Post[/caption]

‘उहाँलाई गाडीमा राखेर टिचिङ लैजादै छौं,’ शाहले भने।

अनसन बसेकै दिन सोमबार साँझ प्रहरीले केसीलाई पक्रेर सिंहदरबार वृत्तमा राखेको थियो। मंगलबार राति उनको स्वास्थ्यलाई मध्यनजर गरी वीर अस्पतालमा राखिएको थियो।

यसअघि सर्वोच्च अदालतले अपहेलना मुद्दा पक्राउ परेका त्रिवि शिक्षण अस्पतालका डाक्टर गोविन्द केसीलाई साधारण तारेखमा रिहा गर्न आदेश दिएको थियो।

न्यायाधीशद्वय पुरुषोत्तम भण्डारी र बमकुमार श्रेष्ठको संयुक्त इजलासले केसीको स्वास्थ्यको ख्याल गरी उनलाई अधिवक्ता सुरेन्द्र भण्डारीको रोहबरमा रिहा गर्न आदेश दिएको हो।

सो इजलासले केसीले उठाएका प्रधानन्यायाधीश गोपाल पराजुलीका शैक्षिक र नागरिक प्रमाणपत्रको फाइल पनि झिकाउन आदेश दिएको छ।

Comments

Popular posts from this blog

Live WWE RAW 2nd October 2017 Results - Episode 1271

मोइक्रोबस र ट्रक ठोक्किँदा एकको मृत्यु

धनगढी उपमहानगरको बजेट एक अर्ब १४ करोड