धनकुटा तनावग्रस्त, क्षेत्रीय प्रशासकको कार्यालयमा आगजनी

प्रहरी र प्रदर्शनकारीबीच ढुंगा हानाहान - प्रहरीद्वारा दर्जनौ राउण्ड अश्रुग्यास प्रहार


काठमाडौँ — सरकारले प्रदेश १ को अस्थायी राजधानी विराटनगरलाई बनाएसँगै बिहीबार बिहानैदेखि धनकुटा तनावग्रस्त बनेको छ । केही सातादेखि प्रादेशिक राजधानीको माग राख्दै आन्दोलनमा उत्रिएका धनकुटावासीले आज विभिन्न सरकारी कार्यलयमा तोडफोड गर्नुका साथै क्षेत्रीय प्रशासको कार्यालयमा आगजनी गरेका छन् ।

प्रदर्शनकारी र प्रहरीबीच धनकुटाका मुख्य चोकहरुमा झडप र ढुंगा हानाहान भइरहेको छ। प्रदर्शनलाई नियन्त्रणमा लिन प्रहरीले थुप्रै राउण्ड अश्रुग्यास प्रहार गरेको छ। प्रदर्शन उग्र बन्दै गएपछि थप सुरक्षा बल तैनाथ गरिएपनि नियन्त्रणमा भने आउन सकेको छैन।

प्रदर्शनकारीले क्षेत्रीय कार्यालयमा, डिभिजन कार्यालय लगायतका सरकारी कार्यलयमा आगजनी गरेका छन्। उप प्रशासक सवन्तराज दाहालक्वार्टरमा माथि बसिरहेकोबेलामा प्रदर्शनकारीले आगजनी गरेका थिए। प्रहरीले उनको सकुशल उद्धार गरेको छ। यस्तै उनीहरुले उच्च अदालत विराटनगरको धनकुटा इजलाशमा पनि तोडफोड गरेका छन्।

प्रदर्शनमा उत्रिएका स्थानीयले नगरपालिकाको वारुणयन्त्रमा पनि तोडफोड गर्नुका साथै एम्बुलेन्समा पनि तोडफोड गरेका छन्।

अहिले प्रदर्शन भिमनारायण चोकमा केन्द्रित भएको छ। त्यहाँ प्रहरी र प्रदर्शनकारीबीच ढुंगा हानाहान भइरहेको छ।

Comments

Popular posts from this blog

मोइक्रोबस र ट्रक ठोक्किँदा एकको मृत्यु

Live WWE RAW 2nd October 2017 Results - Episode 1271

मनकामना मन्दिरको छानामा १८ किलो सुनको जलप