मोहनापुल–अत्तरिया ६ लेन सडक : रिट निबेदनकर्ता मध्ये मीनकाजी श्रेष्ठद्वारा मुद्धा फिर्ताको घोषणा
युवा दबाव समुहले सोमवार छ लेन सडकमा परेका संरचना स्वस्फुर्त रुपमा भत्काउने घरधनीहरुका लागि सम्मान कार्यक्रम राखेको थियो । उक्त कार्यक्रममा स्वस्फुर्त रुपमा घर भत्काएर सडकको निर्माणमा सहजीकरण गर्नुभएका १९ जनालाई अविर लगाउदै दोसल्ला ओढाएर सम्मानित गरिएको छ ।

धनगढीका धना जोशी, लोकवहादुर कुँवर, गंगा शाह, यज्ञराज ओझा, मानवहादुर चन्द, ज्ञानवहादुर विष्ट, कुसुमलता गैरे, महेन्द्रनाथ गैरे, मानवहादुर खड्का, दुर्गा खड्का, सुरज विक्रम श्रेष्ठ र सरफ सिंह वोहोरा गरी १३ जना घरधनीहरुले सर्वोच्चमा रिट हालेका छन । धनगढी चौराहामा आयोजना गरिएको कार्यक्रममा विवेकशील साझा पार्टीका प्रदेश नम्बर ७ का संयोजक गोपाल हमालले मीनकाजी श्रेष्ठको जस्तै अरु रिट निबेदनकर्तालाई पनि विकासका लागि ठुलो ह्दय देखाउन आग्रह गर्नुभयो ।
यस्तै युवा दबाब समुहले रिट निवेदन दिएर क्षतीपुर्ती माग गरेका घर धनीहरुका लागि भन्दै सांकेतिक रुपमा एक रुपैया संकलन गरेको छ । ट्राफिक चोकमा बक्सा राखेर नै एक रुपैया अभियान सुरु गरिएको हो । अभियानका संयोजक तथा दृष्टिबिहीन युवा अर्जुन रावलले आफुहरुले सांकेतिक रुपमा यस्तो अभियान सुरु गरेको बताउनुभयो ।
Comments
Post a Comment