गोदावरी नगरपालीकाका मेयरको घरमा बम विस्फोट

अत्तरीया,
कैलालीको गोदावरी नगरपालीकाका मेयरको घरमा अज्ञात समुहले बम विस्फोट गराएको छ । गोदावरी नगरपालीकाका मेयर हरी सिह साउदको घरमा आज विहान २ बजे अज्ञात समुहले बम विस्फोट गराएको हो । घर भन्दा ५ मिटर पर खाल्डो खनेर प्रेसर कुकुर बम विस्फोट गराईएको ईलका प्रहरी कार्यालय मालाखेतीका प्रहरी नायव निरीक्षक गणेश वहादुर विष्टले बताउनुभयो । बम विस्फोटबाट घरको भित्ता भत्कीएको छ नभने अन्य कुनै क्षती भएको छैन् । बम विस्फोट बारे अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय कैलाली जनाएको छ । अहिले सुरक्षा व्यवस्था पनि कडा पारीएको छ ।

Comments

Popular posts from this blog

Live WWE RAW 2nd October 2017 Results - Episode 1271

मोइक्रोबस र ट्रक ठोक्किँदा एकको मृत्यु

यूएस बंगला विमानमा सवार थिए ३३ नेपाली, नामावली सहित