समूह चरणका अन्तिम दुई खेल

८ माघ–

बैतडीमा जारी प्रथम मेयरकप क्रिकेट प्रतियोगिता अन्तर्गत आज समूह चरणका अन्तिम २ खेल हुने भएका छन् । समूह“डी”मा रहेका दशरथचन्द नगरपालिका वडा नम्वर ३ दुर्गाभवानी र वडा नम्वर ६ थालीगडा आमनेसामने हुने भएका छन् । बुड्डा बाजे क्रिकेट मैदान, रातामाटामा उक्त खेल बिहान ९ बजे सुरु हुने भएको छ । दोस्रो खेलमा पनि मध्यान्ह १२ बजेपछी यी दुवै टोली भिड्नेछन् । विजेता टोलीले सेमिफाईनलमा स्थान सुरक्षित गर्नेछ । यसअघि समूह “ए”बाट देहिमाण्डौं, समूह “बी”बाट खलंगा र समूह “सी”बाट ग्वाल्लेक सेमिफाईनल पुगिसकेका छन् ।

शहीद दिवसको अवसरमा दशरथचन्द नगरपालिकाको आयोजना र बैतडी जिल्ला क्रिकेट संघ , नगर क्रिकेट समितिको प्राविधिक सहयोगमा प्रतियोगिता सञ्चालन भईरहेको हो । टि ट्वान्टी फरम्याटमा भईरहेको प्रतियोगितामा प्रथम पुरस्कार ५० हजार, द्वितीय पुरस्कार ३० हजार र म्यान अफ द सिरीज १ जनालाई ५ हजार नगद, ट्रफी र प्रमाणपत्र राखिएको छ । माघ १० गतेसम्म सञ्चालन हुने प्रतियोगितामा दशरथचन्द नगरपालिकाका ११ टिमको सहभागिता रहेको छ । माघ ३ गतेदेखि सुरु भएको मेयरकप क्रिकेट प्रतियोगिताले बैतडीमा क्रिकेटको विकास हुनुका साथै नगरभित्र रहेका क्रिकेटका नयाँ प्रतिभाको खोजी गर्न सहयोग मिल्ने विश्वास गरिएको छ ।

Src Radio Ninglashaini

Comments

Popular posts from this blog

Live WWE RAW 2nd October 2017 Results - Episode 1271

राष्ट्रपतिबाट ज्येष्ठ सदस्यहरु प्रतिनिधिसभाका महन्थ ठाकुर र राष्ट्रियसभाकी तारादेवी भट्टलाई शपथ

जेठी श्रीमतीद्वारा प्रहरीमा वहुविवाहको उजुरी, कान्छी श्रीमती सहित आरोपि फरार