मोदीलाई ओलीको सन्देश, 'तपाई र तपाईको सरकारसंग काम गर्न आतुर छु'

काठमाडौँ — एमाले अध्यक्ष केपी ओलीले आफु भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र उनको सरकारसंग काम गर्नको आतुर रहेको बताएका छन् । उनले गणतन्त्र दिवसको अवसरमा मोदीलाई एक सन्देश पठाउँदै दुई देशबीचको सम्बन्धलाई थप मजबुत बनाउनका लागि स‌ंगै काम गर्न चाहेको बताएका हुन् ।
'यो अवसरमा सबै प्रकारका सफलताका लागि म शुभेच्छा ब्यक्त गर्न चाहन्छु र हाम्रो दुई देश र जनताबीचको सहकार्य अझ मजबुत हुने अपेक्षा राख्दछु' सन्देशमा ओलीले भनेका छन्, 'भरखरैको निर्वाचनबाट चुनिएका एक जनप्रतिनिधि र संघीय संसदको सबैभन्दा ठूलो दलको नेताको हैसियतमा म तपाई र तपाईको सरकारसंघ दुई देशको उज्वल भविश्यको लागि स‌ंगै काम गर्न अतुर छु।'


ओलीले सन्देशमा सार्वभौमसत्ताका लागि गरिएको बलिदान र ति संघर्षहरुको परिणामलाई संस्थागत गरेको महत्वपूर्ण इतिहास भारतको रहेको पनि उल्लेख गरेका छन्। उनले भनेका छन्, 'भारतको संविधान जनताबाट निर्वाचित प्रतिनिधिहरुले लेखेको जनताको भावना र आकांक्षको समुचित र बिस्तृत दस्तावेज हो।'


उनले भारतीय संविधान कार्यान्वयनको अनुभवबाट सिक्दै गरेको उल्लेख गर्दै त्यसतर्फ पहिलो पाइला चालेको र हालै मात्र संघीय प्रान्तीय र स्थानीय तह गरी तीनै तहको निर्वाचन सम्पन्न गरेको उल्लेख गरेका छन्।


केही दिनअघि भारतीय प्रधानमन्त्री मोदीले एमाले अध्यक्ष ओलीलाई फोन गरी भावी प्रधानमन्त्री भन्दै बधाइ दिएका थिए। यही साता भारतीय परराष्ट्रमन्त्री शुष्मा स्वराज दुई दिने नेपाल भ्रमणमा नेपाल आउँदै छिन्।

Comments

Popular posts from this blog

Live WWE RAW 2nd October 2017 Results - Episode 1271

राष्ट्रपतिबाट ज्येष्ठ सदस्यहरु प्रतिनिधिसभाका महन्थ ठाकुर र राष्ट्रियसभाकी तारादेवी भट्टलाई शपथ

जेठी श्रीमतीद्वारा प्रहरीमा वहुविवाहको उजुरी, कान्छी श्रीमती सहित आरोपि फरार