भुटानी शरणार्थी को राजालाई ज्ञापनपत्र

दमक – स्वदेश फिर्तीको माग गर्दै यहाँस्थित भुटान राष्ट्रिय मेलमिलाप समितिले आज भुटानी राजालाई ज्ञापनपत्र पठाएको छ ।  सन् १९९० देखि शुरुवात भएको दक्षिण भुटानीको समस्याले अब पनि समाधानको मार्ग नखोजे भुटानको अन्तर्राष्ट्रिय क्षेत्रमा अपमान हुने भन्दै स्वदेश फर्कन इच्छुक शरणार्थीलाई देश फर्काउन माग गरिएको समितिका अध्यक्ष कृष्णवीर तामाङले बताए ।

समितिले इमेल र हवाई कुरियरको माध्यमबाट राजा जिग्मेकेशर वाङ्चुक र प्रधानमन्त्री छिरिङ तोब्गेलाई ज्ञापनपत्र पठाएको हो । लामो समयदेखि भुटान फर्कन चाहने शरणार्थी भुटानी नागरिक भएकाले अब पनि उनीहरुको समस्या सुनवाइ नगरे नेपालमा भुटानी शरणार्थीको अवस्था तिब्बती शरणार्थीको जस्तै हुने पत्रमा उल्लेख छ ।

Comments

Popular posts from this blog

Live WWE RAW 2nd October 2017 Results - Episode 1271

मोइक्रोबस र ट्रक ठोक्किँदा एकको मृत्यु

धनगढी उपमहानगरको बजेट एक अर्ब १४ करोड