प्रदेश ७ का सांसदले लिए शपथ - निर्धारीत समय भन्दा ४ घण्टा ढिलो

धनगढी : प्रदेश ७ मा प्रदेशसभा सदस्यहरुको शपथ ग्रहण सम्पन्न भएको छ। शनिबार नेपालगञ्ज र धनगढीका उडानहरु अवरुद्ध भएपछि सडक मार्गबाट प्रदेश प्रमुखले आउनमा ढिलाई भएकाले निर्धारित समयभन्दा चार घण्टा ढिलो शपथ ग्रहण कार्यक्रम भएको हो। बिहान ११ बजेदेखि हुने भनिएको शपथग्रहण अपरान्ह ३ बजे मात्रै सुरु भएको थियो।


सबैभन्दा पहिला प्रदेश प्रमुखले जेष्ठ प्रदेशसभा सदस्य दिव्यश्वरी शाहलाई पद तथा गोपनियताको शपथ खुवाए भने त्यसपछि शाहले अरु प्रदेशसभा सदस्यहरुलाई सपथग्रहण गएका हुन्। शाह नेपाली काँग्रेसको तर्कबाट समानुपातिकका प्रदेशसभा सदस्य हुन्। दुई दिनको तयारीमा प्रदेशसभा कार्यालय व्यवस्थापन समितिले जिल्ला समुन्वय समितिको सभाकक्षलाई प्रदेशसभा भवनका लागि छनौट गरेपछि सपथ पनि त्यही भएको हो।


डोटी क क्षेत्रबाट भरत खडका र नेकपा एमालेको तर्फबाट कैलालीबाट समानुपातिकमा निर्वाचित चुनकुमारी चौधरी बाहेक ५१ जना प्रदेशसभा सदस्यहरुले पद तथा गोपनीयताको सपथ लिएका हुन। भरत खडकाको सोमबार छोरीको विवाह भएको र चुनकुमारी चौधरी काठामाडौंमा रहेको र आउन ढिलाइ भएकाले उपस्थित हुन नसकेको प्रदेशसभा सचिवालयले जनाएको छ।

Comments

Popular posts from this blog

Live WWE RAW 2nd October 2017 Results - Episode 1271

मोइक्रोबस र ट्रक ठोक्किँदा एकको मृत्यु

धनगढी उपमहानगरको बजेट एक अर्ब १४ करोड