सुदूरपश्चिम विश्वविद्यालयमा तालाबन्दी

महेन्द्रनगर । सुदूरपश्चिम विश्वविद्यालयको केन्द्रीय कार्यालय महेन्द्रनगरमा तालाबन्दी गरिएको छ । सुदूरपश्चिम विश्वविद्यालय आंगिक क्याम्पस समायोजन संघर्ष समितिले आइतबार केन्द्रीय कार्यालयमा विभिन्न ३ बुदे माग अघि सार्दै केन्द्रीय कार्यालयमा अनिश्चितकालिन तालाबन्दी गरेको हो । सुदूपश्चिम विश्वविद्यालय केन्द्रीय कार्यालयको मुल गेटमा तालाबन्दी गरिएको समायोजन संघर्ष समितिका संयोजक मानबहादुर चन्दले बताए ।

उनका अनुसार सुप विश्वविद्यालय र क्याम्पसबीच समायोजन सम्बन्धी अन्तिम सम्झौता गर्दासम्मका शिक्षक कर्मचारी जो जुन अवस्थामा छन्, सोही अवस्थामा समायोजन गर्नुपर्ने, समायोजन कार्यविधि सुप विश्वविद्यालयको केन्द्रीय क्याम्पस सिद्धनाथ बहुमुखी क्याम्पसलाई समायोजन गरे अनुसार गर्नुपर्ने, सेवा सुविधा तथा सर्त सिद्धनाथ बहुमुखी क्याम्पसबाट समायोजित भई आएका शिक्षक कर्मचारी सरह हुनुपर्ने लगायतका माग अघि सारेर तालाबन्दी गरिएको हो । सुदूर पश्चिम विश्वविद्यालयले पुस ३० गते पहिलो दीक्षान्त समारोह मनाएको थियो ।

दीक्षान्त समारोह मनाएको ९ दिनमै सुप विश्व विद्यालयमा तालाबन्दी गरिएको छ । गत पुस २९ गते महेन्द्रनगरमा बसेको सुप विश्वविद्यालय सभाले १५ वटै आंगिक क्याम्पसका लागि अघि सारिएको प्रस्तावित क्याम्पस संचालक समितिले २०७० साल र २०७१ असोज ६ गते पछि गरेका निर्णयहरु कार्यान्वयन नगर्ने निर्णय गरेपछि बाध्य भएर आन्दोलनमा उत्रिनु परेको संयोजक चन्दले बताए । निर्णय सच्याएर माग सम्वोधन नगरे थप विरोधका कार्यक्रम गरीने संघर्ष समितिले जनाएको छ ।

Comments

Popular posts from this blog

Live WWE RAW 2nd October 2017 Results - Episode 1271

राष्ट्रपतिबाट ज्येष्ठ सदस्यहरु प्रतिनिधिसभाका महन्थ ठाकुर र राष्ट्रियसभाकी तारादेवी भट्टलाई शपथ

जेठी श्रीमतीद्वारा प्रहरीमा वहुविवाहको उजुरी, कान्छी श्रीमती सहित आरोपि फरार