बेदकोटमा शिक्षक छनोट विवाद, पुनः विज्ञापन प्रकाशित गरिने

महेन्द्रनगर। कञ्चनपुरको बेदकोट नगरपालिका वडा नम्बर ७ को पशुपति आधारभूत विद्यालयमा प्राथमिक शिक्षक छनौटमा विवाद भएको छ । शिक्षक आवश्यकता विज्ञापनमा शिक्षकको उमेर १८ वर्ष देखि ३५ वर्ष तय गरिएपछि विवाद भएको हो । विज्ञापनमा १८ बर्षदेखि ४० बर्ष उमेर राख्नुपर्ने भएपनि विद्यालयले उमेरको हद घटाएर १८ देखि ३५ राखेको थियो ।

उमेरको विषयलाई लिएर विद्यार्थी संगठनले विवाद जनाएपछि विद्यालयले बिहीबारका लागि तय गरेको लिखित परीक्षा समेत स्थिगत गरिएको छ । शिक्षक भर्नाको विषयलाई लिएर कञ्चनपुरका पाँच विद्यार्थी संगठनले ध्यानाकर्षण भएको जनाएका छन् । बिहीबार पाँच विद्यार्थी संगठनले एक प्रेस विज्ञप्ती जारी गर्दै प्रावि तहको राहत कोटाको शिक्षक छनौट प्रक्रियामा अनियमिता भएको आरोप लगाएका छन् ।

नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारी, नेपाली काँग्रेस निकट नेवि संघ, नेकपा बैद्य माओवादी निकट क्रान्तिकारी, नेकपा विप्लव निकट क्रान्तिकारी र राष्ट्रिय जनमोर्चा निकट अखिल छैठौँद्वारा हस्ताक्षरित गरिएको विज्ञप्तीमा करार सूचि लुकाएको, परीक्षा अवागै प्रश्नपत्र आउट गरेको, विज्ञापनमा उमेरहद १८ देखि ४० हुनुपर्नेमा १८ देखि ३५ गरेर अनियमिता गरेको आरोप लगाइको छ ।

शिक्षक भर्ना प्रक्रियामा प्रधानाध्यापक, स्रोतव्यक्ति, विद्यालय निरीक्षक र विज्ञको मिलेमतो रहेको विद्यार्थी संगठनले जनाएका छन् । अखिल क्रान्तिकारीका अध्यक्ष बिरेन्द्र विष्ट, नेवि संघ प्रतिनिधि दिपाशु चन्द, वैद्य क्रान्तिकारी अध्यक्ष तारा पन्त, नेकपा विप्लव क्रान्तिकारीका अध्यक्ष शंकर महरा, अखिल छैठौँका अध्यक्ष भीमराज जोशीद्वारा हस्ताक्षर गरेको विज्ञप्तीमा भर्ना प्रक्रियामा अनियमिता हुन लागेको भन्दै बेदकोट नगरपालिका, जिल्ला शिक्षा कार्यालय र अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयलाई जानकारी गारएको प्रेश उल्लेख छ ।

पशुपति आधारभूत विद्यालयका प्रध्यानाध्यापक नरेन्द्र थापाले विद्यार्थी संगठनले लगाएका आरोप निराधार भएको बताउदै विज्ञापन टाइप गर्ने व्यक्तिले उमेर गलत लेखेको बताए । प्रधानाध्यापक थापाले उमेर हद १८ देखि ४० बर्ष हुनुपर्नेमा त्रुटी भएको स्वीका स्वीकार्दै पुनः विज्ञापन गरेर निष्पक्ष रुपमा शिक्षक छनोट गरिने बताए । ‘पुनः नयाँ ७ दिने सूचना प्रकाशित गर्छौ,’ उनले भने ।

श्रोत- मानसखंड

Comments

Popular posts from this blog

मोइक्रोबस र ट्रक ठोक्किँदा एकको मृत्यु

जोगवुढा अस्पतालमा चिकित्सकको लापरवाहि, गर्भवती महिलाको मृत्यु

बाजुरामा जिप दुर्घटना २ जनाको मृत्यु, ५ घाईते