गुरुखोलामा बेवारिसे सामग्री फेला

१६ माघ
बैतडीमा प्रहरीले मंगलवार बेवारिसे अवस्थामा विभिन्न सामग्री फेला पारेको छ । दशरथचन्द नगरपालिका वडा नं १ गुरुखोलाको डोडर सामुदायिक वन नजिकै वेवारिसे अवस्थामा उक्त सामग्रीमा भाँडाकुडा तथा अन्य घरायसी प्रयोजनका सामग्री समेत फेला परेका छन् । गुरुखोला प्रहरीचौकीले गस्तीका क्रममा ती सामग्रीहरु फेला पारेको हो । तामाका गाग्री ६ ओटा, सुनको जस्तो देखिने फुली र मंगलसुत्र, कचौरा,गिलासा, तावा लगायत घरायसी प्रयोजनका सामग्री फेला परेका गुरुखोला प्रहरीचौकीका इन्चार्ज शंकरसिंह धामीले जानकारी दिनुभयो । यस्तै ब्याट्री र पाता सहितको सोलार प्यानल, महिला लगाउने कपडा र झोला समेत फेला परेको उहाँले बताउनुभयो । कसैको सामग्री हराएको भएपनि प्रहरीचौकीमा सम्पर्क राखेर लैजान सक्ने प्रहरीले जनाएको छ । फेला परेको उक्त सामग्री कसले र कहाँवाट ल्याएर त्यहाँ राखिएको भन्ने केही पनि खुल्न सकेको छैन् ।

Comments

Popular posts from this blog

Live WWE RAW 2nd October 2017 Results - Episode 1271

राष्ट्रपतिबाट ज्येष्ठ सदस्यहरु प्रतिनिधिसभाका महन्थ ठाकुर र राष्ट्रियसभाकी तारादेवी भट्टलाई शपथ

जेठी श्रीमतीद्वारा प्रहरीमा वहुविवाहको उजुरी, कान्छी श्रीमती सहित आरोपि फरार