राष्ट्रिय सभा चुनाव सार्ने चलखेल भएको एमाले आरोप

काठमाडौँ — एमालेले राष्ट्रिय सभाको घोषित निर्वाचन सार्ने चलखेल भएको आरोप लगाउँदै सरकार र निर्वाचन आयोगको ध्यानाकर्षण गराएको छ ।
कार्यवाहक अध्यक्ष वामदेव गौतमको अध्यक्षतामा बुधबार पार्टी कार्यालय धुम्बाराहीमा बसेको बैठकले राष्ट्रियसभाको निर्वाचन तोकिएकै मितिमा गर्न आग्रह गरेको छ । ‘प्रदेश प्रमुख र अस्थायी राजधानी तोक्न भएको ढिलाइप्रति हाम्रो ध्यानाकर्षण भएको छ,’ प्रचार विभाग प्रमुखसमेत रहेका सचिव योगेश भट्टराईले भने, ‘यसले राष्ट्रिय सभाको निर्वाचन प्रभावित गर्न र अन्यौल बढाउन खोजिदैछ ।’


‘प्रदेश प्रमुख र अस्थायी राजधानी तोक्ने सरकारको नितान्त आफ्नो बिजनेस हो,’ सचिव भट्टराई भन्छन्, ‘पछि के गर्ने सोचौंला ।’

निर्वाचन आयोगले माघ २४ गते राष्ट्रिय सभा निर्वाचन गर्ने तय गरिसकेको छ । प्रदेश प्रमुख र अस्थायी राजधानी नतोक्दा निर्वाचन प्रभावित हुन सक्ने चेतावनी आयोगले दुई दिनअघि नै दिएको थियो ।


एमालेले राष्ट्रिय सभामा उम्मेदवार चयनमा सिफारिस गर्दा प्रत्यक्ष निर्वाचन र समानुापतिकमा छुटेका समूदाय पर्नेगरी पठाउन मातहतका कमिटीलाई निर्देशन दिएको छ ।

एमालेले प्रदेश प्रमुख र अस्थायी राजधानी तोक्नेबारे सरकारले आफ्नो पार्टीसँग सहमति नमागेको पनि दाबी गरेको छ । ‘प्रदेश प्रमुख र अस्थायी राजधानी तोक्ने सरकारको नितान्त आफ्नो बिजनेस हो,’ सचिव भट्टराई भन्छन्, ‘पछि के गर्ने सोचौंला ।’

एमालेले चुनावको परिणाम आइसकेपछि कामचलाउ भएको शेरबहादुर देउवा सरकारले नियुक्ति तथा आर्थिक अनियमतिता गरेको भन्दै त्यस्ता काम रोक्न आग्रह गरेको छ । ‘सरकारले पछिल्ला दिनमा नियुक्तिहरु गर्ने दरबन्दीहरु थप्ने, सरुवा गर्ने, राष्ट्रको ढुकुटीबाट पैसा बाँड्नेजस्ता ज्यादतिपूर्ण काम गरिरहेको छ,’ भट्टराईले भने, ‘त्यस्ता काम बन्द गर्न ध्यानाकर्षण गराएका छौं ।’

Comments

Popular posts from this blog

मोइक्रोबस र ट्रक ठोक्किँदा एकको मृत्यु

Live WWE RAW 2nd October 2017 Results - Episode 1271

मनकामना मन्दिरको छानामा १८ किलो सुनको जलप