अस्थायी मुकाम बनाउनुपर्ने माग राख्दै वीरगन्ज बन्दको आह्वान

बन्दले जनजीवन प्रभावित


वीरगन्ज — बुधबारको मन्त्रिपरिषद बैठकले प्रदेश २ को अस्थायी राजधानी जनकपुर तोकेपछि वीरगन्जमा त्यसको विरोध भएको छ ।

वीरगन्जवासीले आफ्नो जिल्लालाई अस्थायी राजधानी नबनाएको विरोधमा आज वीरगन्ज बन्दको आह्वान गर्दै बिहानैदेखि प्रदर्शन गरिरहेका छन्।

वीरगन्जको मुख्य चोकमा टायर बालेर प्रदर्शनमा उत्रेका प्रदर्शकारीहरुले वीरगन्जलाई अस्थायी मुकाम तोकिनुपर्ने माग राखेका छन्। त्यहाँको घण्टाघर माइस्थान लगायतका चोकमा प्रदर्शन भइरहेकोले कुनै पनि यातायातका साधन चलेका छैनन्।


अस्थायी राजधानी माग गर्दै त्यहाँ सुरुभएकाे रिले अनशन पनि जारी नै छ। अनशनको आज १४ औं दिन हो ।वीरगंजलाई प्रदेश राजधानी नबनाएसम्म अनशन नरोकिने संघर्ष समितिले बताएको छ ।

Comments

Popular posts from this blog

Live WWE RAW 2nd October 2017 Results - Episode 1271

मोइक्रोबस र ट्रक ठोक्किँदा एकको मृत्यु

धनगढी उपमहानगरको बजेट एक अर्ब १४ करोड