सिमा मिचिएको प्रतिवेदन बुझ्दै प्रधानमन्त्रीले भने–एक ईन्च मिचिन दिन्नौं

पर्सामा नेपाली भूमि मिचिएको विद्यार्थी टोलीको निश्कर्ष


काठमाडौँ — विद्यार्थी संगठन अनेरास्ववियु र अनेरास्ववियु (क्रान्तिकारी) को संयुक्त टोलीले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटी पर्साको विभिन्न क्षेत्रमा भारतीय पक्षले नेपाली भूभाग मिचेको बिषयमा स्थलगत प्रतिवेदन बुझाएका छन् ।


भारतीय पक्षले नेपाली भूमि मिचेको समाचार प्रकाशित भएपछि दुवै विद्यार्थी संगठनको संयुक्त टोली स्थलगत अवलोकनमा गएको थियो। स्थानीयबासीसँगको छलफल र दुवै देशको सिमासम्बन्धी नक्साको अध्ययनपश्चात प्रतिवेदन तयार पारी प्रधानमन्त्रीलाई सुझाव सहित बुझाएको अनेरास्ववियु क्रान्तिकारीका उपाध्यक्ष विजय गौतमले बताए।



विद्यार्थीहरुले बुझाएको प्रतिवेदन बुझ्दै प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालको एक ईन्च भूभाग पनि मिचिन नदिने भन्दै आस्वस्त तुल्याए।

प्रतिवेदनमा स्थलगत अवलोकनको क्रममा भेटिएका तथ्य र सुझाव समेटिएको छ। विद्यार्थीहरुले दशगजा क्षेत्रमा भारतीय पक्षले भौतिक संरचना बनाएको, नक्सांकनमा संलग्न नेपाली पक्षले हेलचेक्र्याइ गरेको जस्ता समस्या औंल्याएका छन्।

स्थलगत अवलोकनको क्रममा लालपूर्जा भएको नेपाली जमिनमा सिमा स्तम्भ भेटिएको प्रतिवेदनमा उल्लेख छ।

अनेरास्ववियुकी अध्यक्ष नविना लामा, अनेरास्ववियु (क्रान्तिकारी) का अध्यक्ष रञ्जित तामाङको नेतृत्वमा विद्यार्थी टोली सिमा मिचिएको भनिएको पर्साको विभिन्न स्थानमा पुगेको थियो।

नेपाल–भारत संयुक्त सिमा सर्वेक्षण टोलीले स्तम्भ ३९१ र ३९२ अन्तर्गतका सहायक स्तम्भ निर्माण गर्ने क्रममा पर्साको करिब ५० बिगाहा जमिन भारततिर पर्न गएको हो।

विद्यार्थी टोलीले भारतसँगको सिमा विवादको समग्र समाधान निकाल्न पनि प्रतिवेदनमा सुझाव दिएका छन्।

Comments

Popular posts from this blog

Live WWE RAW 2nd October 2017 Results - Episode 1271

राष्ट्रपतिबाट ज्येष्ठ सदस्यहरु प्रतिनिधिसभाका महन्थ ठाकुर र राष्ट्रियसभाकी तारादेवी भट्टलाई शपथ

जेठी श्रीमतीद्वारा प्रहरीमा वहुविवाहको उजुरी, कान्छी श्रीमती सहित आरोपि फरार