इण्डोनेसियाली प्रहरीको इन्काउण्टरमा एक नेपाली मारिए - लागुपदार्थ तस्करीमा संलग्न

मलेसिया — इण्डोनेसियाली प्रहरी इन्काउण्टरमा नेपाली नागरिक शरण कुमार तामाङ मारिएका छन् । नेपाली दुतावासका द्धितीय सचीव प्रेमराज गौतमका अनुसार मृतक तामाङ सेम्जोङ ७, धादिङका बासिन्दा हुन् ।
इण्डोनेसियाको जकार्तास्थित होटल अल्पलाइनमा बसेर लागूऔषध धन्दा चलाउँदै आएका तामाङलाई ग्राहक बनेर त्यहाँ पुगेको प्रहरीले जनवरी १२ मा पक्रेको थियो।

उनलाई पक्राउ गरि थप अनुसन्धानका लागि लग्दैगर्दा जकार्तास्थित आइटिसी चम्पाका अपार्टमेन्ट अगाडी बाटोमा प्रहरीमाथी हतियार खोसेर प्रहार गर्न खोजेपछि प्रहरी इन्काउण्टरमै उनी मारिएको बताइएको छ।

एकहप्ताअघि भएको घटनामा मारिएका शरण कुमारबारे मलेसियास्थित नेपाली दुतावासले त्यहाँस्थित अवैतनिक बाणिज्यदुतलाई बुझ्न भनेको थियो। वाणिज्य दुतमार्फत प्राप्त जानकारीपछि मृतक ३४ बर्षीय शरण कुमार तामाङ भएको पुष्टि भएको हो।

प्रहरीले उनी बसेको होटल अल्पलाइनको २०४ नम्बर कोठामा छापा मार्दा ३४ सय ग्राम लागूऔषध भेटिएको समेत जनाएको छ। तामाङको छातीमा गोली लागेको र घटनास्थलमै मृत्यु भएको इण्डोनेसियाली न्युजपोर्टल वार्ताएक्सप्रेस डट् कम ले उल्लेख गरेको छ।

Comments

Popular posts from this blog

Live WWE RAW 2nd October 2017 Results - Episode 1271

मोइक्रोबस र ट्रक ठोक्किँदा एकको मृत्यु

धनगढी उपमहानगरको बजेट एक अर्ब १४ करोड