विवादसँगै सुरु भएको प्रदेश २ को बैठक सम्पन्न, दोस्रो बैठक माघ २९ गते






जनकपुर, २१ माघ,

प्रदेशसभा सभामुखको चुनाव आगामी फागुन २ गते गर्ने तयसहित प्रदेश नम्बर २ को बैठक सम्पन्न भएको छ ।

आइतबार जनकपुरधाममा सम्पन्न पहिलो प्रदेशसभा बैठकले माघ २९ गते दोस्रो बैठक आह्वान गर्दै फागुन २ गतेका लागि सभामुखको निर्वाचनको मिति तोकेको हो ।



बैठकको सुरुवातमै प्रदेश सभा हलमा मधेस आन्दोलनका शहीदको तस्बिर नराखेको भन्दै राजपाका सांसदहरुले विवाद गरेका थिए । पहिलो बैठकको सभामुखको भूमिका ज्येष्ठ सदस्य लगनलाल चौधरीले निर्वाह गरेका थिए । ७६ वर्षीय चौधरी सिरहा निर्वाचन क्षेत्र नं १ (क)का एमाले विधायक हुन् ।


बैठकमा पहिलो सम्बोधन संघीय फोरमका सांसद लालबाबु राउतले गरेका थिए । सम्बोधनका क्रममा उनले आन्दोलित वीरगञ्जलाई पनि चित्त बुझ्ने गरी निर्णयहरु गरिने प्रतिबद्धता व्यक्त गरे ।


प्रदेश नं २ मा संघीय समाजवादी फोरम, राजपा, एमाले, काँग्रेस र माओवादी गरी पाँच राजनीतिक दलका नेताको प्रतिनिधित्व रहेको छ।







Comments

Popular posts from this blog

मोइक्रोबस र ट्रक ठोक्किँदा एकको मृत्यु

Live WWE RAW 2nd October 2017 Results - Episode 1271

मनकामना मन्दिरको छानामा १८ किलो सुनको जलप