शिक्षा मन्त्रालय द्धारा कैलाली बहुमुखी क्याम्पस पुरस्कृत

धनगढी माघ २८ गते ।

नेपाल सरकारले धनगढीको कैलाली बहुमुखी क्याम्पसलाई देशभरीकै उत्कृष्ट क्याम्पसका रुपमा नगद पुरस्कार सहित प्रसंसा पत्र प्रदान गरेको छ।

नेपाल सरकार, शिक्षा मन्त्रालयद्वारा देशभरिका सामुदायिक क्याम्पसहरु मध्ये कैलाली बहुमुखी क्याम्पसलाई उत्कृष्ट क्याम्पसको रुपमा नगद २ लाख ५० हजार रुपैया सहित प्रसंसापत्र दिएर पुरस्कीत गरेको हो ।

आईतवार काठमाडौमा आयोजित एक समारोहका बिच शिक्षामन्त्री गोपालमान श्रेष्ठले नगद २ लाख ५० हजार र प्रसंसापत्र कैलाली बहुमखी क्याम्पसका प्रमुख डा. पदम राज जोशीलाई प्रदान गर्नुभयो । शिक्षा मन्त्रालयले देशभरीका सरकारी, सामुदायीक र निजि क्याम्मपसहरु मध्ये एक÷एक क्याम्पसलाई पुरस्कृत गरेको हो।

गत भदौमा शिक्षा दिवसकै दिन उक्त पुरस्कार दिने निर्णय भएपनि केहि क्याम्पसमा विवाद आएका कारण आज मात्रै पुरस्कार बितरण भएको क्याम्पस प्रमुख जोशीले जानकारी दिनुभयो ।

Comments

Popular posts from this blog

Live WWE RAW 2nd October 2017 Results - Episode 1271

मोइक्रोबस र ट्रक ठोक्किँदा एकको मृत्यु

धनगढी उपमहानगरको बजेट एक अर्ब १४ करोड