पाँच दिनदेखि अचेत भारतीय वृद्धको उद्धार

कञ्चनपुर, माघ २४ गते ।

कञ्चनपुरको शुक्लाफाटा–४, असैनामा पाँच दिनदेखि अचेत अवस्थामा रहेका करिब ६० वर्षीय भारतीय वृद्धको उद्धार गरिएको छ । असैना गाउँको अछामी टोल पीपल चौतारा नजिक एक काठको घरको भुइँतलामा अचेत अवस्थामा रहेका बेवारिसे वृद्धको प्रहरीको सहयोगमा मंगलबार उद्धार गरिएको हो ।

स्थानीयवासीले भारतीय भाषा बोल्ने वृद्ध पाँच दिनदेखि घरको भुइँतलामा अचेत अवस्थामा रहेको प्रहरीलाई जानकारी गराएपछि इलाका प्रहरी कार्यालय, झलारीबाट प्रहरी नायब निरीक्षक मणि भट्टको नेतृत्वमा पुगेको टोलीले वृद्धलाई उद्धार गरी उपचारका लागि महाकाली अञ्चल अस्पतालमा भर्ना गराएको छ । वृद्ध कुन ठाउँका हुन् र कसरी अचेत भए भन्नेबारे प्रहरीले अनुसन्धानको कार्य गरिरहेको प्रहरी नायब निरीक्षक भट्टले बताउनुभयो । वृद्धको अवस्था चिन्ताजनक रहेको छ ।
रासस

Comments

Popular posts from this blog

मोइक्रोबस र ट्रक ठोक्किँदा एकको मृत्यु

Live WWE RAW 2nd October 2017 Results - Episode 1271

धनगढी उपमहानगरको बजेट एक अर्ब १४ करोड