धनगढीमा प्रहरीका घुमुवाको स्कटीङमा दिनदहाडै तस्करी

धनगढी ।
भारतसंग जोडिएको धनगढी उपमहानगरपालिकाको बंग्रा कटानको नाकामा तस्करी नियन्त्रण गर्न जनप्रतिनिधि आफै खटिएका छन्।
प्रहरीका घुमुवाको स्कटिङमा दिनदाहाडै भईरहेको तस्करी नियन्त्रण गर्न वडाअध्यक्षहरु आफै खटिएका हुन्। १ नम्बर वडाका अध्यक्ष सन्तोष मुडभरी र ९ नम्बरका अध्यक्ष प्रेम भण्डारी तस्करी रोक्न खटिएका हुन्।


उनिहरुले सोमवार मात्रै भन्सार छलि ल्याईएका लाखौ मुल्य पर्ने १७ थान ब्याट्री जफत गरी प्रहरीलाई बुझाएका छन्। सामान ल्याईरहेका भारतिय नागरीक बालिस्टर गुप्तालाई पनि नियन्त्रणमा लिएर प्रहरीलाई बुझाईएको छ ।


उनले धनगढीका ठुला व्यापारीहरुका लागि भन्सार छलेर सामान तस्करी गर्ने गरेको बयान प्रहरीलाई दिएका छन्। वडाअध्यक्ष मुडभरीले स्थानिय प्रसासन र प्रहरीले तस्करी नियन्त्रण गर्न चासो नदेखाएपछि आफै खटिएको बताए।


‘नेपाल प्रहरी र शसस्त्र प्रहरीका धुमुवाहरुको प्रत्यक्ष सहयोगमा भन्सार छलेर तस्करीका सामान आउने क्रम निकै बढेको स्थानियको व्यापक गुनासो आयो, हामीले प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखलाई यसबारे जानकारी गराए तर तस्करी रोक्ने प्रयास नभएपछि आफै खटिएका हौ।’ उनले भने।


प्रहरीका घुमुवाहरुले आफै स्कटिङ गरेर तस्करीका सामानहरु नेपाल भित्राउने र व्यापारीहरुसंग मोटो रकम असुल्ने गरेको गुनासो आएको उनले बताए ।


कैलालीका प्रहरी उपरिक्षक बिनोद घिमिरेले भने प्रहरीले तस्करी गराईरहेको भए फोटो खिचेर आफुलाई बुझाउन आग्रह गरे।

Comments

Popular posts from this blog

Live WWE RAW 2nd October 2017 Results - Episode 1271

मोइक्रोबस र ट्रक ठोक्किँदा एकको मृत्यु

धनगढी उपमहानगरको बजेट एक अर्ब १४ करोड