डडेल्धुरा बसपार्क क्षेत्रमा प्रहरीले गर्‍यो सरसफाइ - प्रहरी मेरो साथी

डडेल्धुरा २१ माघ,


नेपाल प्रहरी र सशस्त्र प्रहरीले डडेल्धुरा सदरमुकाम क्षेत्रमा सरसफाइ गरेको छ । आइतबार ‘प्रहरी मेरो साथी’ कार्यक्रम अन्तरगत जिल्ला प्रहरी कार्यालय डडेल्धुराको आयोजनामा सरसफाइ गरिएको हो ।

प्रमुख जिल्ला अधिकारी जनकराज भट्टको नेतृत्वमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले जिल्ला सदरमुकामको बागबजार बसपार्क छेउमा सरसफाइ गरेको हो । बसपार्क क्षेत्रमा यात्रुहरुले जथाभावि फालिएको फोहोरले दुर्गन्ध नै फैलन थालेपछि प्रहरीले सरसफाइ गरेको हो ।


डडेल्धुरा जिल्ला सदरमुकाम सानो ठाउँ भए पनि फोहरमैलाको उचित व्यवस्थापन हुन नसकेको प्रमुख जिल्ला अधिकारी जनकराज भट्टले बताएका छन् । बजार क्षेत्र र बस पार्क क्षेत्रमा फोहोरले दुर्गन्धित हुन थालेपछि प्रहरीले सरसफाइ गरेको प्रजिअ भट्टको भनाइ छ ।


बजार क्षेत्रमा नगरपालिकाले सरसफाइ गरिरहेको भए पनि बस पार्क छेउमा लुकेर रहेका फोहरहरु आफूहरुले सफा गरेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायव उपरीक्षक चक्रराज जोशीले बताएका छन् ।


प्रहरीले दिनहुँ फोहर सरसफाइ गर्न नसक्ने उल्लेख गर्दै उनले सबै नागरिकमा फोहर गर्नु हुन्न भन्ने चेतना फैलाउने उदेश्यले सरसफाइ गरेको बताएका छन् ।

Comments

Popular posts from this blog

मोइक्रोबस र ट्रक ठोक्किँदा एकको मृत्यु

Live WWE RAW 2nd October 2017 Results - Episode 1271

मनकामना मन्दिरको छानामा १८ किलो सुनको जलप