चमेलियाको दोस्रो युनिटबाट परीक्षण उत्पादन शुरु

दार्चुला, १८ माघ-तीस मेगावाट क्षमताको चमेलिया जलविद्युत् आयोजनाको दोस्रो युनिटबाट परीक्षण उत्पादन बुधवारदेखि शुरु भएको छ।


पहिलो युनिटबाट १५ मेगावाट उत्पादन गरिरहेकामा दोस्रो युनिटबाट उत्पादित बिजुली परीक्षणका लागि बुधवार बिहान ११ बजे राष्ट्रिय प्रशारण लाइनमा जोडिएको आयोजना प्रमुख अजय दाहालले जानकारी दिनुभयो ।


परीक्षण शुरु भएसँगै अबको दुई साताभित्र व्यावसायिक उत्पादन थालिने आयोजनाले जनाएको छ । दुई वटा युनिट सञ्चालनमा आएपछि दैनिक छ घण्टा (बिहान र साँझ ६ देखि ९ बजेसम्म) पूर्ण क्षमतामा ३० मेगावाट विद्युत् उत्पादन हुने आयोजना प्रमुख दाहालको भनाइ छ ।


पुस अन्तिम सातादेखि सञ्चालन भएको पहिलो युनिटले अहिले माग बढी हुने बिहान र साँझको तीन÷तीन घण्टा १५ मेगावाट र अन्य समयमा १० देखि १४ मेगावाट विद्युत् उत्पादन गरिरहेको छ ।


निर्माण सम्पन्न ३० मेगावाटको आयोजनामा १५ मेगावाट क्षमताका दुई वटा युनिट राखिएका छन् । निर्माण शुरु भएको झण्डै ११ वर्षपछि चमेलिया पूर्ण क्षमताका सञ्चालन हुन लागेको हो ।

Comments

Popular posts from this blog

Live WWE RAW 2nd October 2017 Results - Episode 1271

मोइक्रोबस र ट्रक ठोक्किँदा एकको मृत्यु

धनगढी उपमहानगरको बजेट एक अर्ब १४ करोड