मुख्यमन्त्री सहित अन्य ६ जना मन्त्रीद्वारा सपथ ग्रहण

धनगढी फागुन ०५
प्रदेश नम्वर ७ का मुख्यमन्त्री त्रिलोचन भट्ट सहित प्रदेश मन्त्रीहरुले पद तथा गोपनीयताको सपथ ग्रहण गर्नुभएको छ । प्रदेश नम्वर ७ का प्रदेश प्रमुख मोहनराज मल्लले मुख्यमन्त्री सहित अन्य ६ जना मन्त्रीहरुलाई आफ्नै कार्यकक्षमा पद तथा गोपनीयताको शपथ ग्रहण गराउनुभएको हो ।

मुख्यमन्त्रीको नियुक्ती विहीवार नै भईसकेकोमा मन्त्रीहरुको भने आज मात्रै टुङगो लगाईएको हो । प्रदेश ७ का मुख्यमन्त्री त्रिलोचन भट्ट डोटी जिल्ला प्रदेश क्षेत्र २ बाट नेकपा माओवादीको तर्फबाट प्रदेशसभा सदस्यमा निर्वाचीत हुनुभएको हो ।

यस्तै नेकपा एमालेबाट ४ जना र माओवादी केन्द्रबाट २ जनाले प्रदेश मन्त्रीको सपथ लिनुभएको छ ।
एमालेको तर्फबाट सामाजिक विकास मन्त्रीमा एमाले कैलालीका अध्यक्ष समेत रहनुभएका दिर्घ सोडारी, आन्तरीक मामीला र कानुन मन्त्रीमा संसदीय दलका नेता प्रकाश वहादुर शाह, भौतीक पुर्वाधार मन्त्रीमा डडेल्धुराबाट विजयी पठानसिह बोहरा र उद्योग पर्यटन बन तथा बातावरण मन्त्रीमा माया भट्टले सपथ ग्रहण गर्नुभएको छ ।
यस्तै नेकपा माओवादी केन्द्रको तर्फबाट मुख्यमन्त्री भट्ट सहित आर्थीक तथा योजना मन्त्रीमा अछामबाट प्रदेश सदस्यमा विजयी झपट बोहरा र भुमी व्यवस्था कृर्षी तथा सहरी मन्त्रीमा विनीता चौधरीले सपथ ग्रहण गर्नुभएको छ ।
यसअघि आज दिउसो ३ बजेका लागी सपथ ग्रहणको कार्यक्रम राखीएकोमा एमालले मन्त्रीको टुङगो लगाउन २ घण्टा मागेपछि अव ५ बजे मात्रै सपथ ग्रहण कार्यक्रम सुरु भएको थियो ।

Comments

Popular posts from this blog

Live WWE RAW 2nd October 2017 Results - Episode 1271

राष्ट्रपतिबाट ज्येष्ठ सदस्यहरु प्रतिनिधिसभाका महन्थ ठाकुर र राष्ट्रियसभाकी तारादेवी भट्टलाई शपथ

जेठी श्रीमतीद्वारा प्रहरीमा वहुविवाहको उजुरी, कान्छी श्रीमती सहित आरोपि फरार