ओलीद्वारा प्रधानमन्त्रीको लागि दाबी पेस

काठमाडौँ — एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्रीका लागि दाबी पेस गरेका छन् । माओवादी केन्द्रका शीर्ष नेतासमेतलाई लिएर राष्ट्रपति कार्यालय पुगेका ओलीले भावी प्रधानमन्त्रीमा दाबी पेस गरेका राष्ट्रपतिका स्वकीय सचिव भेषराज अधिकारीले जानकारी दिए ।
संविधानको धारा ७६ बमोजिम प्रतिनिधि सभामा कुनै पनि दलको स्पष्ट बहुमत नरहेको अवस्थामा प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दुई वा दुई भन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रतिनिधि सभाको सदस्यलाई राष्ट्रपतिले प्रधानमन्त्री नियुक्त गर्ने व्यवस्था छ। सम्भवत: राष्ट्रपतिले बिहीबार नै नयाँ प्रधानमन्त्री नियुक्त गर्ने सम्भावना छ।

दुई बाम गठबन्धन मिलेर चुनावमा गएका एमाले र माओवादी केन्द्रको प्रतिनिधिसभामा स्पष्ट बहुमत छ। एमाले र माओवादी केन्द्रले एमाले अध्यक्ष ओलीलाई प्रधानमन्त्रीमा समर्थन गर्ने पत्र बुझाएपछि ओली दोस्रोपटक प्रधानमन्त्री नियुक्त हुँदैछन्।

प्रधानमन्त्रीमा दाबी पेस गर्न एमाले अध्यक्ष ओलीसहित वरिष्ठ नेता माधवकुमार नेपाल, महासचिव ईश्वर पोखरेल, सुवासचन्द्र नेम्वाङ, विष्णु पौडेल, अग्नि खरेल तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नारायणकाजी श्रेष्ठलगायतका नेताहरु बिहीबार बिहान शीतल निवास पुगेका थिए।

माओवादी अध्यक्ष दाहालले आफ्नो दलको ५३ जना सांसदको केपी ओलीलाई समर्थन रहेको पत्र राष्ट्रपतिलाई पेश गरेका छन्।

Comments

Popular posts from this blog

Live WWE RAW 2nd October 2017 Results - Episode 1271

मोइक्रोबस र ट्रक ठोक्किँदा एकको मृत्यु

यूएस बंगला विमानमा सवार थिए ३३ नेपाली, नामावली सहित