पोखरामा बम विष्फोट हुँदा प्रहरी र पत्रकार घाइते - बिप्लव माओवादी माथी शंका

काठमाण्डौ ९ माघ

पोखरामा वम विस्फोट हुँदा दुईजना सामान्य घाईते भएका छन् । घाईते हुनेमा प्रहरी कुलबहादुर खत्री र पत्रकार घनश्याम पाण्डे रहेका छन् ।

पत्रकार पाण्डेको टाउको र घाँटीमा चोट लागेको छ । घाईतेको गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको छ ।

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी प्रमुख एसपी अशोक सिंहका अनुसार झोलामा शंकास्पद वस्तु भेटिएपछि सेनाको बम डिष्पोजल टोलीलार्ई बोलाईएको थियो । पत्रकार पाण्डेले फोटो खिच्नको लागि क्यामेराको फ्लास अन गर्नेबित्तिकै बम पड्किएको थियो ।

बममा जडान गरिएको टाईम डिभाईस फ्लासका कारण अन भई विस्फोट भएको हुनसक्ने सिंहको भनाई छ । तर, यसबारे पुष्टि भने भईनसकेको उनले जनाए ।

सेनाले पोखराको नागढुंगा नजिक राखिएको नीलो झोलाको शंकास्पद वस्तु निष्क्रिय पारेको छ । बम कसले राखेको भन्ने विषयमा यकिन नभएतापनि विप्लव माओवादीले बन्द आयोजना गरेको र बम पनि राखेको हुनसक्ने आशंका प्रहरीको छ।

Comments

Popular posts from this blog

प्रदेश ७ को मन्त्री परिषदको बैठक, निम्न चारवटा निर्णय स्वीकृत

शुक्लाफाँटा का जन प्रतिनिधि लाइ कुटपिट को आरोप

अछाममा कांग्रेस र माओवादीद्वारा मतदान प्रक्रिया खारेजीको माग