डिपीएलको ट्यालेन्ट हन्ट आजदेखि

धनगढी, २१ माघ-

देशकै सर्वाधिक पुरस्कर राशी रहेको अक्सनमा आधारित प्रतियोगिताको दोस्रो संस्करणका लागि सुदूरपश्चिमका खेलाडीहरुलाई मौका दिने उदेश्यले आयोजक धनगढी क्रिकेट एकेडेमी(डिसिए)ले ट्यालेन्ट हन्ट गर्न लागेको छ ।

आइतबार र सोमबार धनगढी प्रिमियर लिग क्रिकेट प्रतियोगिताको ट्यालेन्ट हन्ट कार्यक्रम हुन लागेको हो।

ट्यालेन्ट हन्टबाट सुदूरपश्चिमका १२ जना खेलाडीहरु छनोट गर्ने र ती खेलाडीहरुबाट प्रत्येक टिमले एक जन खेलाडी लिने डिसिएका अध्यक्ष सुवास शाहीले बताए।

ट्यालेन्ट हन्टमा खेलाडीको छनोट गर्न राष्ट्रिय प्रशिक्षक जंगबहादुर थापा धनगढी पुगिसकेका छन्। छनोटमा परेको खेलाडीले डिपिएल अक्सनको समूह डी अन्तर्गत २५ हजार रुपैया पाउनेछन्। यसअघि आयोजकले सुदूरपश्चिमका एकजना खेलाडी प्रत्येक टिमले लिनैपर्ने प्रावधान तोकेको थियो।

ट्यालेन्ट हन्ट सहित अन्य खेलाडीहरुका लागि भने आयोजकले यसअघि नै अक्सनको फाराम खोलिसकेको छ। नामदर्ता गराएका खेलाडीहरुलाई समेटेर आउँदो फागुन ९ गते काठमाडौंमा खेलाडीको अक्सन हुने डिसिएले जनाएको छ।

प्रतियोगितामा टिम चौराह धनगढी, महेन्द्रनगर युनाइटेड, सिवाइसी अत्तरिया, काठमाडौं गोल्डेन्स, रुपेन्देही च्यालेन्जर्स र विराटनगर किंग्सले सहभागिता जनाउँदैछन्। डीपिएल आगामी चैत्र १७ गतेबाट धनगढीमा हुँदैछ।

Comments

Popular posts from this blog

Live WWE RAW 2nd October 2017 Results - Episode 1271

मोइक्रोबस र ट्रक ठोक्किँदा एकको मृत्यु

धनगढी उपमहानगरको बजेट एक अर्ब १४ करोड