त्रिलोचन भट्ट बिहिवार मुख्यमन्त्रीमा नियुक्त हुदै

धनगढी फागुन ०३ गते ।

माओवादी केन्द्रका नेता त्रिलोचन भट्टलाई प्रदेश नम्बर ७ को मुख्यमन्त्री बन्ने बाटो खुलेको छ। माओवादी सहित एमाले पार्टीका गरी ३७ जना प्रदेश सभा सदस्यले भट्टलाई मुख्यमन्त्रीमा समर्थन रहेको भन्दै हस्ताक्षर गरेपछि उनको मुख्यमन्त्रीको बाटो खुलेको हो। बुधवार एमाले र माओवादी केन्द्रका ३७ जना प्रदेश सभा सदस्यले भट्टलाई मुख्यमन्त्रीमा समर्थन रहेको भन्दै हस्ताक्षर गरेका छन्।

५३ जना सदस्य मध्ये भट्टलाई ३७ जनाले मुख्यमन्त्रीमा समर्थन गरेका हुन्। बुधवार बिहान प्रदेश प्रमुख मोहनराज मल्लले मुख्यमन्त्रीमा नियुक्त हुन स्पष्ट बहुमत पेश गर्न आब्हान गरेका थिए।

त्यस लगत्तै माओवादी केद्रका नेता त्रिलोचन भट्टले दुबै पार्टीका प्रदेश सभा सदस्यहरुको आफुलाई समथर्न रहेको भन्दै हस्ताक्षर पत्र प्रदेश प्रमुख मोहनराज मल्ललाई बुझाएका छन्।

यो संगै बिहिवार भट्टलाई मुख्यमन्त्रीमा नियुक्त गर्ने र फागुन ५ गते सपथ ग्रहण गराउने तयारी गरिएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ।

‘माओवादी केन्द्रका प्रदेश सभा सदस्य त्रिलोचन भट्टले बहुमत प्राप्त गरेको हस्ताक्षर सहितको पत्र प्राप्त भईसकेकोले अब बिहिवार मुख्यमन्त्रीमा नियुक्त गर्ने र ५ गते भित्रै सपथ गराईनेछ।’ प्रदेश प्रमुखको कार्यालयका निमित्त सचिव हिरालाल चौधरीले जानकारी दिए।
भट्टलाई मुख्यमन्त्रीमा नियुक्त गराउन भन्दै बहुमत सहितको हस्ताक्षर पत्र बुझाउन माओवादी केन्द्रका नेता लेखराज भट्ट सहित यस अघि मुख्यमन्त्रीका प्रबल दावेदार मानिएका नेताहरु बिरमान चौधरी, झपट बोहरा लगायत प्रदेश प्रमुखको कार्यालयमा पुगेका थिए।

प्रदेश प्रमुखलाई बहुमत सहितको दावीपत्र पेस गरेपछि संवाददाताहरुसंग बोल्दै नेता त्रिलोचन भट्टले आफुलाई सुम्पीएको जिम्मेवारी कुशलताका साथ निवार्ह गर्ने बताए।

बिहिवार मुख्यमन्त्रीको नियुक्ती भएसंगै अब प्रदेश मन्त्रालयका मन्त्री चयनको प्रक्रिया पनि सुरु हुने छ। पार्टीहरुबिच मन्त्रीका बारेमा पनि छलफल भईरहेको र केहि दिनमै टुंगो लाग्ने नेताहरुले बताएका छन्।

Comments

Popular posts from this blog

Live WWE RAW 2nd October 2017 Results - Episode 1271

राष्ट्रपतिबाट ज्येष्ठ सदस्यहरु प्रतिनिधिसभाका महन्थ ठाकुर र राष्ट्रियसभाकी तारादेवी भट्टलाई शपथ

जेठी श्रीमतीद्वारा प्रहरीमा वहुविवाहको उजुरी, कान्छी श्रीमती सहित आरोपि फरार