प्रधानमन्त्री पत्नी आरजु चढेको गाडी दुर्घटना

काठमाण्डौ २१ माघ,

प्रधानमन्त्री शेरबहादुर देउवापत्नी पूर्वसासंद आरजु देउवा राणा चढेको गाडी दुर्घटनामा परेको छ ।

अाइतबार पशुपति क्षेत्रको गौरीघाटमा देउवा सवार गाडीलाई बा९ च ८३५६ स्करपियोले ठक्कर दिँदा दुर्घटना भएको हो ।

ठक्कर दिने गाडी फरार भएको ट्राफिक प्रहरी स्रोतले जनाएको छ । ठक्करबाट देउवा सवार गाडीमा सामान्य क्षति भएको बताइएको छ ।

देउवाको गाडीलाई ठक्कर दिने गाडीको खोजी भैरहेको प्रहरीले बताएको छ । प्रहरीले गाडी खोजीमा टोली परिचालन भएको जनाएको छ ।

Comments

Popular posts from this blog

मोइक्रोबस र ट्रक ठोक्किँदा एकको मृत्यु

Live WWE RAW 2nd October 2017 Results - Episode 1271

मनकामना मन्दिरको छानामा १८ किलो सुनको जलप