प्रदेश ७ को मुख्यमन्त्रीमा माओवादीका भट्ट नियुक्त

कैलाली, फागुन ३ । प्रदेश ७ को मुख्यमन्त्रीमा नेकपा (माओवादी केन्द्र)का संसदीय दलका नेता त्रिलोचन भट्ट नियुक्त भएका छन्। प्रदेश प्रमुखको कार्यालयमा प्रदेश प्रमुख मोहनराज मल्लले नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम माओवादी संसदीय दलका नेता भट्टलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्।



मुख्यमन्त्रीको शपथ ग्रहण भने फागुन ५ गते गर्ने तयारी भएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ। एमाले र माओवादीका बहुमत प्रदेशसभा सदस्यको समर्थनमा बुधबार प्रदेश प्रमुखसमक्ष भट्टले आफूलाई मुख्य मन्त्रीमा नियुक्त गर्न दाबी पेश गरेका थिए।

४८ वर्षीय भट्ट डोटी जिल्लाबाट प्रदेशसभामा प्रत्यक्ष निर्वाचित सांसद हुन्। प्रदेश ७ मा एमालेका २५, माओवादी केन्द्रका १४, काँग्रेसका १२ र राष्ट्रिय जनता पार्टीका दुई सांसद छन्।

Comments

Popular posts from this blog

Live WWE RAW 2nd October 2017 Results - Episode 1271

राष्ट्रपतिबाट ज्येष्ठ सदस्यहरु प्रतिनिधिसभाका महन्थ ठाकुर र राष्ट्रियसभाकी तारादेवी भट्टलाई शपथ

जेठी श्रीमतीद्वारा प्रहरीमा वहुविवाहको उजुरी, कान्छी श्रीमती सहित आरोपि फरार